शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

किन रोकियो अर्यालको राष्ट्रिय सभामा नियुक्ति ?

मन्त्रिपरिषद्ले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेका गृहमन्त्री ओमप्रकाश अर्यालको नियुक्तिमा विलम्ब भएको छ । अर्यालको नियुक्तिमा भएको ढिलाइप्रति प्रधानमन्त्री सुशीला कार्कीले असन्तुष्टि जनाएकी छिन् । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने रिक्त पदका लागि मन्त्रिपरिषद्ले १ चैतमा अर्यालको नाम सिफारिस गरेको थियो । तर, राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सिफारिस स्वीकृति नगर्दा नियुक्ति प्रक्रिया लम्बिएको छ । राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले प्रक्रियामै रहेकाले रोकेको भन्न नमिल्ने बताए । तर, उनले मन्त्रिपरिषद्बाट सिफारिस अर्यालको नियुक्ति सहज नरहेको भने स्पष्ट संकेत गरे । 

‘नियमित प्रक्रियाबाट प्रवेश भएको छ । राष्ट्रपतिले निकासा दिन बाँकी छ,’ उनले भने, ‘राष्ट्रपतिले अन्तरनिहित अधिकार हेरेर देशको हितमा सोचिरहनुभएको होला ।’राष्ट्रपतिले सरकार बनेदेखि नै प्रधानमन्त्रीलाई स्वतन्त्रतापूर्वक काम गर्न सहयोग गरेको उनको दलिल छ । ‘यसै पनि राष्ट्रपति कार्यालय सचिवविहीन थियो । सचिव आज मात्रै हाजिर हुनुभएको छ । उहाँले पेस गर्नुहोला,’ उनले भने, ‘ज्येष्ठ सदस्यको शपथपछि अरू कुरा अगाडि बढ्ला ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन हुने अपेक्षा प्रधानमन्त्रीको रहेको बताए । ‘मन्त्रिपरिषद्बाट निर्णय भई सिफारिस भई गएको छ,’ उनले भने, ‘संवैधानिक मर्यादाबमोजिम राष्ट्रपतिज्यूले त्यो निर्णयको सम्मान गर्नुहुनेछ भन्ने विश्वासमा प्रधानमन्त्री हुनुहुन्छ ।’ गत शनिबार विभिन्न कानुनविद्हरूसँगको भेटमा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्को सिफारिस रोकेकोमा असन्तुष्टि जनाएकी थिइन् ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।