शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

ताप्लेजुङ गोल्डकप : चर्च ब्वाइज फाइनलमा

खेलको ९०औँ मिनेटमा चर्च ब्वाइजका खेलाडी सुमन श्रेष्ठले गोल गरेसँगै खेल १—१ गोलको बराबरीमा पुगेको थियो । पाँच मिनेट थप समयमा गोल नभएपछि खेल टाइबे्रकरमा पुगेको थियो ।      

 चर्च ब्वाइज क्लब ललितपुर यहाँ जारी तेस्रो अन्तरराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । द यङ ब्रदर्स इटहरीलाई टाइब्रेकरमार्फत ३–१ गोल अन्तरले पराजित गर्दै  चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो । खेलको ७७औंँ मिनेटमा द यङ ब्रदर्स क्लब इटहरीका प्रवेश बस्नेतले पहिलो गोल गरेका थिए ।

 खेलको ९०औँ मिनेटमा चर्च ब्वाइजका खेलाडी सुमन श्रेष्ठले गोल गरेसँगै खेल १—१ गोलको बराबरीमा पुगेको थियो । पाँच मिनेट थप समयमा गोल नभएपछि खेल टाइबे्रकरमा पुगेको थियो । 

    
बिहीबार समूह ‘बी’ मा रहेको सिरहाले र रेडस्टार झापासँग प्रतिस्पर्धा गर्नेछ । सो समूहका विजेताले फाइनलमा चर्च ब्वाइजसँग भिड्नेछ । आयोजक लाखे जात्रा सञ्चालन समितिका अनुसार साउन ३० गते फाइनलका दिन खेलमैदानमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । विजेता टोलीले नगद रु सात लाख दुई हजार ८२ प्राप्त गर्नेछ, भने उपविजेताले तीन लाख ५० हजार ८२ पाउनेछ ।