शुक्रबार, ४ बैशाख २०८३
बुटवल । रुपन्देहीमा ईभी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन्। बागमती प्रदेश ०१-००६ ख ७७८२ नम्बरको ईभी गाडी रुपन्देहीको रुद्रपुरतर्फ जाँदै गर्दा राति करिब १०ः३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि सैनामैना-८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका-५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिकको मृत्यु भएको छ । दुर्घटनामा गाडी चालक ३५ वर्षीय विक्रम श्रेष्ठसहित ४ जना गम्भीर घाइतेको उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ। गम्भीर घाइते हुनेमा गाडीका चालक श्रेष्ठका छोरा १० वर्षीय समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहेका छन् ।