शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

नेपाल बैंक लि. र कोटबारी होटल प्रा.लि. बिच सम्झौता

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका ०७, स्थित रहेको रिसोर्ट कोटबारी होटल प्रा.लि. ले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई कोटबारी होटल प्रा.लि. ले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।   

सम्झौता पत्रमा मिति २०८२ साल भदौ ११ गते बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र कोटबारी होटल प्रा.लि. को तर्फबाट महाप्रबन्धक श्री आनन्द सिंह ठकुरीले हस्ताक्षर गर्नुभयो ।