शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

बदलिएको कांग्रेसले नवलपरासी पश्चिमको मुहार फेर्छ : बिनोद चौधरी

नवलपरासी पश्चिम । नवलपरासी (बसुप) क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार विनोद चौधरीले बदलिएको कांग्रेसले नवलपरासी पश्चिमको मुहार फेर्ने बताएका छन् । उद्योगी चौधरीले “बदलिएको कांग्रेसले नवलपरासी पश्चिमको मुहार फेर्ने” दाबी गरेका छन्। घरदैलो अभियानका क्रममा मतदातासँग भेटघाट गर्दै उनले यस क्षेत्रका दीर्घकालीन समस्या पहिचान गरेर समाधान गर्ने स्पष्ट योजना अघि सारेका छन्। उनका अनुसार नवलपरासी पश्चिम–१ प्राकृतिक स्रोत, कृषि सम्भावना र औद्योगिक विकासको दृष्टिले महत्वपूर्ण क्षेत्र भए पनि पूर्वाधार अभाव, रोजगारी संकट र कृषि आधुनिकीकरणको कमीले अझै अपेक्षित विकास हासिल गर्न सकेको छैन। 

घरदैलो अभियानका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको उल्लेख गर्दै चौधरीले “अब सम्भावनाको नवलपरासीलाई समृद्धिको नवलपरासी बनाउने समय आएको” बताएका छन्। उनका अनुसार बदलिएको सोच र प्रतिबद्धतासहित अघि बढेको कांग्रेसले अब नवलपरासी पश्चिम–१ को विकासलाई नयाँ चरणमा पुर्‍याउनेछ। उनले  यस क्षेत्रको विकास र समुन्नतिका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। केही समयअघि आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका चौधरीले शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी तथा अन्य क्षेत्रको विकासका लागि अबको योजना र चालिने कदमहरु आफ्नो प्रतिबद्धतामा समेटेका छन्। 

घरदैलो अभियानका क्रममा मतदातासँग प्रत्यक्ष संवाद गर्दै नेपाली कांग्रेसका उम्मेदवार बिनोद चौधरीले नवलपरासी पश्चिम–१ लाई विकास र समृद्धिको नयाँ मार्गमा अघि बढाउने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार सम्भावनाले भरिएको यो क्षेत्र वर्षौंदेखि पूर्वाधार अभाव, कृषि व्यवस्थापनको कमजोरी, युवाको पलायन र सेवासुविधाको कमीले पछि परेको छ। “अब बदलिएको कांग्रेसले विकासलाई नारामा होइन, व्यवहारमा देखाउनेछ,” भन्दै उनले पाँच ठूला संकल्प सार्वजनिक गरेका छन्।

विकासको ढोका खोल्ने सडक क्रान्ति
नवलपरासी पश्चिम–१ का धेरै गाउँ अझै स्तरीय सडकको प्रतीक्षामा छन्। चौधरीले गाउँ–गाउँमा कालोपत्रे सडक, पुल र यातायात पहुँच विस्तार गरेर विकासको ढोका खोल्ने योजना अघि सारेका छन्। उनका अनुसार राम्रो सडक बनेपछि शिक्षा, स्वास्थ्य, व्यापार र पर्यटन सबै क्षेत्रमा नयाँ अवसर सिर्जना हुनेछ ।

किसानको खेतबाट समृद्धिको बाटो

उर्बर जमिन हुँदाहुँदै पनि किसानले उचित बजार र प्रविधि नपाएको अवस्था बदल्ने उनको योजना छ । सिंचाइ विस्तार, आधुनिक कृषि प्रविधि, भण्डारण र बजार व्यवस्थापन गर्दै किसानको उत्पादनलाई आयमा रूपान्तरण गर्ने लक्ष्य उनले लिएका छन्।

 स्वदेशमै युवाको भविष्य 
रोजगारीको अभावले युवाहरू विदेशिन बाध्य भएको अवस्थालाई अन्त्य गर्न स्थानीय उद्योग र उद्यम विकासलाई प्राथमिकता दिने उनले बताएका छन्। उद्योग क्षेत्रमा आफ्नो अनुभवलाई प्रयोग गर्दै नवलपरासी पश्चिमलाई रोजगारी र आर्थिक गतिविधिको केन्द्र बनाउने उनको योजना छ।

स्वास्थ्य र शिक्षामा गुणस्तरीय पहुँच
ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा र शिक्षाको पहुँच अझै कमजोर रहेको भन्दै उनले अस्पताल सुदृढीकरण, आधुनिक उपकरणको व्यवस्था तथा विद्यालयमा गुणस्तरीय शिक्षा र प्रविधि विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पर्यटनबाट स्थानीय अर्थतन्त्र बलियो
नवलपरासी पश्चिम धार्मिक र प्राकृतिक सम्पदाले धनी क्षेत्र भए पनि पर्यटन विकास अझै पर्याप्त नभएको उनले बताएका छन्। ती सम्भावनालाई उपयोग गर्दै पर्यटन पूर्वाधार विकास, प्रचार–प्रसार र स्थानीय व्यवसायलाई प्रोत्साहन गर्ने उनको योजना छ।