शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सी–पुटिन संवाद : अमरत्व र दीर्घजीवनको भविष्य

सीले ७० वर्षभन्दा बढी उमेर दुर्लभ ठानिने प्राचीन कविताको पंक्ति स्मरण गर्दै भविष्यमा मानिसहरू १५० वर्षसम्म बाँच्न सक्ने भविष्यवाणी गरे।

बेइजिङमा भएको भव्य सैन्य परेडअघि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच असामान्य संवाद भएको छ। उनीहरूले जीवन लम्ब्याउने अंग प्रत्यारोपण र मानव अमरत्वको सम्भावनाबारे खुलेर चर्चा गरेका हुन्। ऐतिहासिक दृश्यमा सी जिनपिङ पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनसँग हात मिलाउँदै तियानानमेन स्क्वायरको रातो कार्पेटमा हिँडिरहेका देखिएका थिए। यसलाई अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अप्रत्यक्ष चुनौतीको रूपमा पनि हेरिएको छ।

सीले ७० वर्षभन्दा बढी उमेर दुर्लभ ठानिने प्राचीन कविताको पंक्ति स्मरण गर्दै भविष्यमा मानिसहरू १५० वर्षसम्म बाँच्न सक्ने भविष्यवाणी गरे। पुटिनले त्यसलाई थप्दै बायोटेक्नोलोजी र अंग प्रत्यारोपणले मानिसलाई उमेर बढ्दै जाँदा पनि जवान राख्न सक्ने र सम्भवतः अमरत्वसम्म पुर्‍याउन सक्ने दाबी गरे। पत्रकार सम्मेलनमा पुटिनले यस संवादको पुष्टि गर्दै भने, “स्वास्थ्य सुधार, चिकित्सा प्रविधि र अंग प्रतिस्थापनसँग सम्बन्धित शल्यक्रियाले मानवतालाई नयाँ आशा दिएको छ।”७२ वर्षका दुवै नेताले पद त्याग्ने कुनै संकेत नदिएको पनि समाचारमा उल्लेख गरिएको छ।