शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

कालीकोटबाट नेकपाका शाही विजयी

(कालीकोट), २३ फागुनः कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही विजयी हुनुभएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा(एमाले)का नगिन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गर्नुभयो । नौ सय ८६ मतान्तरले पछि पार्दै शाही विजयी हुनुभएको हो । 

नेपाली कांग्रेसका हर्षबहादुर बमले नौ हजार १३३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा (माओवादी)का उम्मेदवार खड्गबहादुर विश्वकर्माले चार हजार ५९९ मत ल्याउनुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश न्यौपानेले दुई हजार ९३७ मत पाउनुभयो । नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५९७, राप्रपाका सूर्यबहादुर शाहीले ५६६ र राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरीले २६९ मत ल्याउनुभयो । 

विजयी शाहीले २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचित भएपछि ऊर्जामन्त्री, ०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भएर कर्णाली प्रदेशको प्रथम मुख्यमन्त्री बन्नुभएको थियो ।