रष्ट्रियसभा गठन विवादः दाहाल लचिलो, देउवा ओली अडानमै

  • प्रकाशित मिति : शनिबार, पुस ८, २०७४
  • न्युज विहानी

काठमाडौं, पुस ८  । एमालेले रष्ट्रियसभा गठन संविधान तथा दलहरुबीच प्रारम्भिक विधेयक निर्माणक्रममा भएको सहमतिअनुसार बहुमीयत पद्धतिबाटै हुनुपर्ने ठहर गरेको छ ।

उपध्याक्ष मावदेव गौतमको निवास भैसेपाटीमा शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकले विधेयक निर्माणक्रममा दलहरुबीच उकल संक्रमणीय नभई बहुमति प्रणालीबाट राष्ट्रियसभा गठन गर्ने सहमति भएकाले सोहीअनुसार हुनुपर्ने जिकिर गरेको हो । यो खवर आजको नागरिक दैनिकले लेखेको छ ।



समावेशी पक्षमा दाहाल

बहुमतिय कि एकल संक्रमणीय मत प्रणाली भनी विवाद चर्किरहेको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल समानुपातिक र समावेशी राष्ट्रियसभाका पक्षमा देखिएका छन् ।
दाहालले राष्ट्रियसभा समाुनपातिक र समावेशी स्वरुपको बनाउने चलन अन्तर्राष्ट्रिय रुपमै रहेको बताएका छन् ।