शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

अनिश्चितकालीन यातायात बन्दको घोषणा

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा अनिश्चित कालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ । महासङ्घले भदौ २३ गते ‘जेनजि’ समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनका कारण १९ जनाको मृत्यु भएको र  देशभर जनजीवन प्रभावित भई कर्फ्यु लगाइएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने जनाएको छ ।

सोमबार जेनजी समूहविरुद्ध भएको सरकारी दमन र १९ युवाको मृत्युपछि महासंघले दु:ख व्यक्त गरेको छ । घाइतेको उपचारमा महासंघका सबै सदस्यलाई सक्दो सहयोग गर्न समेत महासंघले आह्वान गरेको छ । नेपाल सरकारले विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेका कारण असहज परिस्थिति बनेको भन्दै महासंघले यातायात नचलाउने घोषणा गरेको हो । साथै महासङ्घका सम्पूर्ण सदस्य सङ्घ, समिति, कम्पनी तथा प्रालिहरुलाई घाइतेहरूको उपचारका लागि सक्दो सहयोग गर्न पनि अनुरोध गरिएको छ ।