शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १८ चैतः स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु सात हजार ४००  र चाँदी रु १०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको छ । 

हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८४५ कायम भएको थियो । सोमबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७०० मा कारोबार भएको थियो । 

गत आइतबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७२० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।