शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सवारीसाधनमा अकल्पनीय क्षति

चारपाङ्ग्रेमा साना अन्तर्गत कार, जिप, भ्यान र ठुला अन्तर्गत डोजर, लोडर, दमकल पनि परेका छन् ।

काठमाडौँ, असोज २ गते । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मङ्गलबार भएको आगजनीबाट अकल्पनीय रूपमा सार्वजनिक सवारीसाधन नष्ट भएका छन् । विभिन्न निकायको  स्थलगत रूपमा प्रदेशगत आधारमा गरेको अध्ययनमा तीन हजारभन्दा बढी सवारीसाधन जलेर खरानी भएका छन् । सातै प्रदेशमा गरेर सानाठुला गरी एक हजार २६ वटा चारपाङ्ग्रे गाडी एक हजार ९८३ मोटरसाइकल/स्कुटर जलेर नष्ट भएका छन् । यो सङ्ख्या प्रारम्भिक मात्र हो । 

चारपाङ्ग्रेमा साना अन्तर्गत कार, जिप, भ्यान र ठुला अन्तर्गत डोजर, लोडर, दमकल पनि परेका छन् । सुदूरपश्चिममा तीनपाङ्ग्रे सवारीसाधन पनि जलाइएका छन् । सङ्घीय, प्रदेश तथा स्थानीय तहका सरकारी संरचनाले वास्तविक क्षतिको मूल्याङ्कन गरिरहेका छन् तर भवन तथा दस्ताबेज पनि जलेर नष्ट भएको अवस्थामा गणना गर्न कठिन रहेको छ । वास्तविक विवरण आउन अझै निकै समय लाग्ने छ । 

यसअघि गोरखापत्रले भदौ ३१ गतेको अङ्कमा यसै गरी मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र आसपासमा रहेका सरकारी निकायमा भएको आगजनीबाट ४४० वटा चारपाङ्ग्रे तथा ६०१ वटा दुईपाङ्ग्रे गरी एक हजार ४१ वटा सवारीसाधन नष्ट भएको विवरण प्रकाशित गरेको थियो । त्यो पनि माथि उल्लेख गरिएको विधिबाट निकालिएको मोटामोटी तथ्याङ्क हो । दुवै विवरण अनुसार एक हजार ४६७ गाडी र दुई हजार ५८४ वटा मोटरसाइकल/स्कुटर जलेर नष्ट भएका छन् । समग्र विवरणमा यो सङ्ख्या थपिने अनुमान छ । आजको गोरखापत्र दैनिकमा समाचार छ।