बुधबार, ६ साउन २०८३

images

बुधबार, ६ साउन २०८३

बुधबार, ६ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, २२ जेठः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रु दुई हजार १०० र चाँदी रु ५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख नौ हजार कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार २३० निर्धारण भएको छ । 

हिजो बिहीबार एक तोला सुनको मोल रु तीन लाख ११ हजार १०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार २८५ निर्धारण भएको थियो ।  गत बुधबार एक तोला सुन रु तीन लाख ११ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ३७० मा खरिदबिक्री भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४४३ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।