शनिवार, २ साउन २०८३
२१ फागुन, काठमाडौं । बिहीबार दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको छ । अहिलेसम्म कुल मतदाताको ४० प्रतिशत मत खसेको हो । देशभरिका १६५ निर्वाचन क्षेत्रमा ७६ लाख मत खसेको हो । आज बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ । दोलखाको एउटा केन्द्रमा मतदान सुरु हुन नसकेको आयोगले जनाएको छ । अन्य स्थानमा भने सामान्य विवादबीच पनि मतदान जारी रहेको आयोगले जानकारी दिएको छ । देशभरिका १० हजार ९ सय ६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ ।