शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

पहिरो र लेदोका कारण बिपी पूर्णरुपमा राजमार्ग अवरुद्ध

कात्तिक १४ गते । बिहीबारदेखि परेको अविरल वर्षासँगै बिपी राजमार्ग अवरुद्ध भएको छ । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने गाडीहरु काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका छन् । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले वर्षासँगै आएको लेदोका कारण बिपी राजमार्ग दुईतर्फी रुपमा नै अवरुद्ध भएको जनाएको छ । राजमार्गको चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा बोक्सीकुना, नार्केलगायतको स्थानहरूमा पहिरो तथा लेदो खसी दुईतर्फी रुपमा सडक अवरोध भएको छ ।