शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

श्रीलङ्कामा चक्रवात : मृत्यु हुनेको सङ्ख्या ४७९ पुग्यो ३५० अझै बेपत्ता

श्रीलङ्कामा हालै आएको चक्रवातले निम्त्याएको  मौसमी विपद्का कारण मृत्यु हुनेको सङ्ख्या ४७९ पुगेको श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले बिहीबार जनाएको छ । केन्द्रका अनुसार अझै थप ३५० जना बेपत्ता छन्, भने राष्ट्रव्यापी रूपमा चार लाख ५५ हजार ४०५ परिवारका १६  लाख भन्दा बढी मानिसहरू प्रभावित भएका छन् । डिएमसीले विपद्का कारण एक हजार २८९ घरहरू ध्वस्त भएको र ४४ हजार ५०० भन्दा बढी घरमा आंशिक क्षति भएको जनाइएको छ ।

कृषि सेवा विभाग अन्तर्गतका एक हजार ७७७ वटा ट्याङ्की, ४८३ वटा बाँध, एक हजार ९३६ वटा नहर र ३२८ वटा सडक क्षति ग्रस्त भएको जनाइएको छ । यसै विच चिनियाँ नेताहरूले श्रीलङ्कामा आएको विनाशकारी बाढी प्रति शोक व्यक्त गरेका छन् भने श्रीलङ्काको अनुरोधमा चीनले श्रीलङ्कालाई नगद अनुदान र लाइफ ज्याकेट, टेन्ट लदगायतका आपूर्ति सहित आपतकालीन मानवीय सहायता प्रदान गर्ने निर्णय गरेको छ । एसियाली विकास बैंकले श्रीलङ्कालाई आपतकालीन  अवस्थामा सहयोग गर्न तीस लाख अमेरिकी डलर अनुदान स्वीकृत गरेको छ ।