शुक्रबार, ४ बैशाख २०८३
काठमाडौँ । काठमान्डु गोर्खाजमाथि चार विकेटको जित निकाल्दै लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा जित निकालेपछि अब लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग खेल्नेछ । त्रिवि क्रिकेट रंगशालामा काठमान्डुले दिएको ११२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभर ४ बलमा ६ विकेट गुमाउँदै विजय यात्रा पूरा गरेको हो ।