स्वच्छ मासुको प्रचारका लागि बनाएको पोस्टरमा गाईको तस्वीर, विभागले माग्यो माफी

  • प्रकाशित मिति : मङ्लबार, अशोज ७, २०७६
  • न्युज बिहानी

काठमाडौं । स्वच्छ मासुको प्रचारका लागि बनाएको पोस्टरमा गाईको तस्वीर परेकोमा पशु सेवा विभागले माफी मागेको छ ।

विभागका महानिर्देशक डा. वंशी शर्माले विज्ञप्ति जारी गरी पोस्टरमा छपाईको त्रुटिका कारण गाईको तस्वीर भूलवश परेको भन्दै क्षमायाचना गरेका छन् ।



विभागको मोवाइल भ्यानमा पशुपन्छीजन्य उत्पादनहरु दूध, मासु, अण्डा आदिको उत्पादन, प्रशोधन तथा उपभोक्तालाई गुणस्तरीय बनाउने हेतुले प्रचार प्रसारका लगि राखिएको पोस्टमध्ये एउटामा त्रुटि देखिएको विभागको दावी छ ।

‘हाल उक्त त्रुटिलाई सच्याइसकिएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदै प्राविधिक कारणले हुन गएको त्रुटिप्रति पशुसेवा विभाग हार्दिक क्षमायाचना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।