शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सामसङले नेपाली उपभोक्ताका लागि QLED टिभीमा भिजन एआई ल्याउँदै

सामसङ भिजन एआई को अत्याधुनिक प्रविधिले तस्वीर र आवाजलाई एआई बाट अझ शक्तिशाली बनाउँदै, प्रयोगकर्तालाई व्यक्तिगत अनुभव दिन्छ।

सामसङ नेपालले आफ्नो प्रिमियम २०२५ QLED टिभी मोडेलको नयाँ लाइनअप सार्वजनिक गरेको छ, जसले नेपाली उपभोक्तालाई क्रान्तिकारी सामसङ भिजन एआई प्रविधि उपलब्ध गराउँछ। यस सुरुवाती प्रस्तुतिको केन्द्रमा रहेको सामसङ भिजन एआई ले नयाँ पुस्ताको एआई क्षमतासहित अद्वितीय होम इन्टर्टेन्मेन्ट अनुभव दिनेछ। नवप्रवर्तनप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहँदै, सामसङको यो नयाँ श्रृंखलाले टिभीसँग प्रयोगकर्ताको सम्बन्धलाई नयाँ परिभाषा दिँदै, तिनलाई दैनिकीलाई अझ समृद्ध बनाउने स्मार्ट साथीमा रूपान्तरण गर्छ।

सामसङ भिजन एआई को अत्याधुनिक प्रविधिले तस्वीर र आवाजलाई एआई बाट अझ शक्तिशाली बनाउँदै, प्रयोगकर्तालाई व्यक्तिगत अनुभव दिन्छ। यो प्रविधि तीन आधारभूत स्तम्भमा बनेको छ:

  • एआई मोड: उन्नत डीप–लर्निङ्ग एल्गोरिदम प्रयोग गरी, हेर्दै गरेको कन्टेन्ट र वरिपरिको वातावरण अनुसार वास्तविक समयमा मिलाइन्छ। यसले हरेक पटक चमत्कारिक दृश्य र जीवन्त आवाज सुनिश्चित गर्छ।
  • एआई एक्स्पीरीएन्स: प्रयोगकर्ताको रोजाइ समयसँगै सिकेर, कन्टेन्ट सुझाव र सेटिङ्गलाई व्यक्तिगत बनाउँछ। यसले टिभीसँगको सम्पूर्ण अनुभवलाई अझ स्मार्ट र सहज बनाउँछ।
  • मल्टी-दिभाइस कनेक्तिभीटी: टिभीलाई स्मार्टफोन, ट्याब्लेट वा अन्य स्मार्ट उपकरणसँग सजिलै जडान गर्न सकिन्छ। यसले कन्टेन्ट साझा गर्न, नियन्त्रण गर्न र सम्पूर्ण सामसङ इकोसिस्टममा निरन्तरता कायम राख्न सहज बनाउँछ।

सामसङ भिजन एआई ले व्यक्तिगत र एआई-समर्थित स्क्रिन अनुभवको नयाँ युग सुरु गरेको छ, जहाँ हेर्ने व्यक्तिको प्राथमिकता हेर्ने सामग्रीभन्दा पनि महत्वपूर्ण हुन्छ। यसलाई हामी ‘It’s Your Show’ भन्छौं — यस्तो अनुभव जहाँ नियन्त्रण पूर्ण रूपमा प्रयोगकर्ताकै हातमा हुन्छ। हाम्रो नयाँ एआई टिभीहरूले प्रत्येक दृश्यमा नयाँ जीवन भरेका छन्, जसले घरमै सिनेमाजस्तो अनुभवको नयाँ मापदण्ड कायम गर्छ। यस एआईसंचालित स्क्रिनहरूको नयाँ युगसँगै, हामी नयाँ पुस्ताका टिभीहरू छिटो अपनाइनेमा र प्रिमियम टिभी सेग्मेन्टमा हाम्रो नेतृत्व अझ मजबुत हुनेमा आत्मविश्वासी छौं,” भने, मिलन कुमार झा, CE बिजनेस हेड, सामसङ नेपालले।

 

सामसङ भिजन एआई: स्मार्ट र व्यक्तिगत मनोरञ्जन अनुभवको नयाँ पुस्ता

 

सामसङ भिजन एआई ले स्क्रिनहरूलाई अझ स्मार्ट, सहज र व्यक्तिगत बनाउन ठूलो फड्को मारेको छ। यसले टेलिभिजनलाई केवल डिस्प्ले नभई, वरिपरिको वातावरण र प्रयोगकर्ताको बानीअनुसार प्रतिक्रिया दिने स्मार्ट हब मा रूपान्तरण गर्छ। यसरी टिभी दैनिकीमा सजिलै मिसिन्छ र बुद्धिमान साथी जस्तै अनुभव दिन्छ।

ठूलो स्क्रिन अनुभवलाई पुनर्परिभाषित गर्ने केही प्रमुख फिचरहरू:

  • युनिभर्सल जेस्चर कन्ट्रोल: अब रिमोट बिना नै सजिलो हातका इशारामार्फत सामसङ Smart एआई TV नियन्त्रण गर्न सकिन्छ। एआई प्रविधि र ग्यालेक्सी वाचको सहयोगमा हातका चालहरू चिन्न सकिने भएकाले टिभी फङ्सनहरू सहज रूपमा चलाउन सकिन्छ।
  • एआई अपस्केलिंग: कम रिजोलुसनको कन्टेन्टलाई 4K गुणस्तरमा रूपान्तरण गर्छ। सामसङ को NQ8 एआई Gen3 प्रोसेसरद्वारा सञ्चालित यो फिचरले तस्वीरलाई अझ तीक्ष्ण र स्पष्ट बनाउँदै जीवन्त दृश्य अनुभव दिन्छ।
  • जेनारेतिभ वलपेपर: निष्क्रिय स्क्रिनलाई व्यक्तिगत कला–क्यानभासमा बदल्छ। एआई को सहयोगमा मूड वा अवसरअनुसार अद्वितीय 4K चित्र सिर्जना गरेर प्रयोगकर्ताले आफ्नो टिभीलाई व्यक्तिगत बनाउन सक्छ।
  • मल्टी-दिभाइस कनेक्तिभीटी: स्मार्टथिंग्स  मार्फत घरको अवस्थाबारे वास्तविक समयको जानकारी र ऊर्जा प्रयोगको निगरानी उपलब्ध गराउँछ। यसले आवश्यक सुझावहरू दिँदै, प्रयोगकर्ता घरमै होस् वा बाहिर, दुवै अवस्थामा शान्तिको अनुभव दिलाउँछ।
  • पेट एंड फेमिली केर मोड: घरपालुवा वा परिवारका सदस्यहरूको असामान्य गतिविधि पत्ता लगाएर आवश्यक समायोजन गर्छ। एआई ले कुकुर भुक्ने वा बच्चा रोएको जस्ता अवस्थाहरू चिन्न सक्छ र प्रयोगकर्तालाई सचेत गराउँछ, जसले थप सुरक्षाको अनुभूति दिन्छ।

 

सबै मनोरञ्जन आवश्यकताका लागि QLED 4K लाइनअप

 

सामसङ को QLED 4K लाइनअपमा QA85Q7F, QA75Q7F, QA65Q8F, QA55Q8F मोडेलहरू प्रमुख आकर्षण बनेका छन्।
QA85Q7F मा क्वान्टम डट टेक्नलजी, शक्तिशाली 20W 2-च्यानल स्पिकर प्रणाली, Dolby Atmos OTS को साथमा सिनेमाजस्तो अडियो–भिजुअल अनुभव, साथै सामसङ को स्लिम डिजाइन र जेनारेतिभ वलपेपर सपोर्ट उपलब्ध छ।

२०२५को सामसङ एआई टिभीहरु मा बिल्ट–इन स्मार्टथिंग्स हब समावेश गरिएको छ, जसले टिभीलाई स्मार्ट होमको कन्ट्रोल सेन्टरमा बदल्छ। यसमार्फत प्रयोगकर्ताले घरका विभिन्न स्मार्ट उपकरणहरू सजिलै जडान र नियन्त्रण गर्न सक्छन्। साथै, स्मार्टथिंग्स एनर्जी ले ऊर्जा खपतबारे उपयोगी जानकारी दिँदै, घरभरि ऊर्जा दक्षता बढाउन सहयोग गर्छ।

सुरक्षाका लागि, यी टिभीहरू सामसङ नक्स् प्लाटफर्मले मजबुत बनाइएका छन्। यसले प्रयोगकर्ताको डेटा र गोपनीयता सुरक्षित राख्छ, अनधिकृत परिवर्तन पत्ता लगाएर रोक्छ, फिसिङ वेबसाइटहरू ब्लक गर्छ, र व्यक्तिगत जानकारीलाई नक्स् भल्ट मार्फत थप सुरक्षित बनाउँछ।

भविष्यलाई ध्यानमा राख्दै, सामसङ ले आफ्नो २०२५ एआई TV लाइनअपमा ७ वर्षसम्म निःशुल्क OS अपग्रेड उपलब्ध गराउने वाचा गरेको छ। यो उद्योगमै अग्रणी प्रतिबद्धताले प्रत्येक उपकरणलाई लामो समयसम्म अद्यावधिक राख्छ, नयाँ फिचर, सुरक्षा सुधार र प्रदर्शन उन्नयन सुनिश्चित गर्छ। चाहे उन्नत एआई क्षमता होस् वा सहज स्मार्टथिंग्स  एकीकरण, प्रयोगकर्ताले वर्षौंसम्म प्रिमियम अनुभव पाउनेछन्—सामसङ भिजन एआई संचालित यी टिभीहरूलाई साँच्चिकै भविष्य-प्रमाण बनाउँदै।

 

मूल्य, अफर र उपलब्धता

सामसङ को २०२५को QLED TV लाइनअप अब नेपालभरिका सबै आधिकारिक सामसङ रिटेल स्टोरहरूमा उपलब्ध छन्। यससँगै, उपभोक्ताहरूका लागि सामसङ ले नयाँ Crystal UHD, FHD HD टिभीहरूको लाइनअप पनि QLED टिभीसँगै बजारमा ल्याएको छ।

Segment

Inch

Model Code

Price

QLED

85"

QA85Q7FAARSHE

रु ३९९,९९०

75"

QA75Q7FAARSHE

रु २८९,९९०

65"

QA65Q8FAARSHE

रु २५५,९९०

55"

QA55Q8FAARSHE

रु १८२,९९०

UHD

65"

UA65U8500FRSHE

रु १४५,९९०

55"

UA55U8500FRSHE

   रु ९९,९९०

43"

UA43U8500FRSHE

  रु ७४,९९०

FHD

43"

UA43F5550FUXXL

   रु ५४,९९०

HD

32"

UA32H4570FUXXL

   रु ३८,९९०

 

थप सामसङ इन्स्टा फैनान्स सेवा (Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित) मार्फत ग्राहकहरूले नयाँ QLED TV सजिलै EMI मा प्राप्त गर्न सक्छन्।
मासिक किस्ता रु ९९२७ बाट सुरु, % ब्याजदरमा।
प्रक्रिया सजिलो छ, जसका लागि तपाईंको नागरिकता मात्र आवश्यक हुन्छ।

नयाँ सामसङ QLED TV लिन इच्छुक ग्राहकहरूले आफ्ना पुराना टिभीहरू अर्कोस्टोर वा नजिकैको आधिकारिक सामसङ रिटेल स्टोरमार्फत साटासाट गर्न पनि सक्नेछन्।