शुक्रबार, ४ बैशाख २०८३
काठमाडौँ । आज अन्तर्राष्ट्रिय बैंक दिवस । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा बैंक दिवस मनाइन्छन् । बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य कार्यान्वयन, जलवायु अनुकूल वित्त, जीवनस्तर सुधार र समावेशी आर्थिक विकासमा सक्रिय भूमिका निर्वाहमा प्रेरित गर्नु यो दिवसको लक्ष्य हो । सयोगजस्तै, आज अन्तर्राष्ट्रिय बैंक दिवस परेको दिन आफूलाई सुरक्षित, पारदर्शी र विश्वासिलो बनाउनुपर्ने बैंकिङ क्षेत्र उल्टै घोटाला र अविश्वासको खबरले भरिएको छ। प्रभु बैंक प्रकरणले बैंकिङ गभर्नेन्स, आन्तरिक नियन्त्रण, र नियामक निगरानी–सबैलाई प्रश्न चिन्हमा ल्याइदिएको छ।
प्रभु बैंकमा हालै देखिएको घटनाक्रम, सीईओलगायत शीर्ष व्यवस्थापनमाथिको अनुसन्धान र पक्राउ–प्रक्रियासँगै फेरि एकपटक चर्को निसानाको केन्द्रमा पुगेकी छिन्—चिफ बिजनेस अफिसर (CBO) रश्मि पन्त। बैंकको रणनीतिक नेतृत्वमा तेस्रो वरीयतामा रहँदै आएकि उनी अहिले सामाजिक – डिजिटल मिडियामा अत्यधिक टार्गेट बनाइएकी पात्र झैँ चित्रित भइरहेकी छिन्। प्रभु बैंकमा देखिएको अनियमितता र घोटाला प्रकरणले बजारभर चर्चा पाइरहेका बेला बैंककी वरिष्ठ अधिकारी रश्मि पन्त फेरि पनि सार्वजनिक डिजीटल आक्रमणको केन्द्रमा परेकी छन् । यद्यपि, यो घटनामा उनी प्रहरीको प्रारम्भिक अनुसन्धानको दायरामा नरहेको तथ्य पनि खुलेका छन् ।
प्रहरीले प्रभु बैंकका सिइओसहित तीन जनालाई पक्राउ गर्दै अनियमितता गतिविधिसँग सम्बन्धित कागजात, निर्णय प्रक्रिया र आर्थिक चलखेलको अनुसन्धान अघि बढाएको छ । बैंकमा भएको निर्णयगत त्रुटि र आन्तरिक नियमन–व्यवस्थापन कमजोर भएको निष्कर्षपछि शीर्ष तहका तीन जनामाथि कारबाही प्रक्रियाले गति लिएको हो। उनि आफ्नो व्यक्तिगत बिदामा छुट्टीमा रहेका बेला भएको संयोगबस घटनाले गर्दा उनलाई फरार करार दिइएको छ। तर रोचक कुरा के छ भने न त उनि देश छोडेर भागेकी छिन् न त उनीमाथि प्रहरीले अहिलेसम्म पक्राउ पुर्जी नै लिएको छ ? प्रभु बैंक हाल व्यवस्थापन संकट, अनुसन्धान र विश्वसनीयता–परीक्षाको मोडमा छ। यस्तो संवेदनशील अवस्थामा रश्मि पन्तको भूमिका, प्रभाव र संभावित भविष्यगत नेतृत्वबारे चर्चामा फेरि उच्च तापमान पैदा भएको छ।
रश्मिलाई भविष्यकी सम्भावित सीईओका रूपमा पनि भित्रभित्रै हेरिन्छन्। जुनियर अफिसरबाट सुरु गरेको करिअर यात्रा CBO मा पुर्याएकी पन्त प्रभु बैंकको नीति निर्माण, नेटवर्क विस्तार र व्यवसायिक रणनीतिमा प्रभावशाली निर्णयकर्तामध्ये एक मानिन्छन्। तर पछिल्लो आन्तरिक संकटसँगै उनको नाम फेरि मिडिया ट्रायल, आरोप–प्रत्यारोप र अनियन्त्रित सामाजिक टिप्पणीको केन्द्रमा आएको छ। नियामक छानबिनका बीच उनीमाथि देखिएका धेरै आरोप प्रमाणविहीन, भावनात्मक र व्यक्तिपरक देखिएका छन् । प्रहरी खोजीमा परेका अधिकारीहरूका सूचीमा उनको नाम अहिलेसम्म देखिएको छैन, तर महिला नेतृत्व भएकै कारण बारम्बार ‘सजिलो निसाना’ बनाइने प्रवृत्ति झन् तीव्र बनेको छ ।
बैंकको उच्च व्यवस्थापनमा लामो समयदेखि कार्यरत पन्त भविष्यकी सिइओ बन्ने सम्भावना उच्च रहेको भन्ने धारणा बैंकभित्र र बजारमा बलियो छ। बैंकको निर्णय क्षमता, रणनीतिक योजना र व्यवसायिक विस्तारमा उनको भूमिका उल्लेख्य रहँदै आएको हुँदा प्रत्येक विवादमा उनी असम्बन्धित भएर पनि ‘मुख्य पात्र’ जस्तै चर्चामा आइरहन्छिन्। तर स्रोतका अनुसार अहिले चलिरहेको अनुसन्धानमा रश्मि पन्त प्रत्यक्ष संलग्न भएको आधार भेटिएको छैन, उनी खोजीमा पनि छैनन्। भोलिको कुरा अनुसन्धानपछी के हुन्छ भन्न सकिन्न। तर अहिले रश्मीमाथि भैरहेको आक्रमण उनीविरुद्ध सामाजिक सञ्जालमा फैलिएका आरोपहरू धेरैजसो अनुमान र प्रतिशोधको भाबनामा आधारित भएको देखिन्छ।
वित्तीय क्षेत्रभित्र महिला नेतृत्वबारे नेपालमा अझै पूर्वाग्रह मजबूत रहेको पटकपटकका घटनाक्रमले देखाउछ । रश्मि पन्तमाथि पछिल्लो समय डिजिटल आक्रमण र तथ्यहीन अप्रमाणित आरोप प्रकरण पनि त्यही मानसिकताको विस्तारित उपज मानिन्छ। यसरी घोटाला प्रकरण फैलिँदै जाँदा सार्वजनिक छवि बलियो र नेतृत्वका लागि सम्भावित व्यक्तिप्रति आक्रमण गरिनु स्वाभाविक मानिन्छ। भविष्यमा बैंक नेतृत्व सम्भाल्न सक्ने क्षमताका कारण र महिला नेतृत्वबारे स्थायी पूर्वाग्रहकै कारण उनी बारम्बार अनावश्यक निशानामा पर्ने गरेको फेरि एकपटक पुष्टि भएको छ।