पाहाडी जिल्लामा हिमपात, देशैभरी बर्षा

  • प्रकाशित मिति : बुधबार, माघ ९, २०७५
  • न्युज विहानी

काठमाडौं । मौसममा बदली भएपछि देशका अधिकांश स्थानमा हिमपात परेको छ । सुदुरपश्चिम र कर्णाली प्रदेशका पाहाडी जिल्लाहरुमा हिमपातले जनजीवन कष्टकर बनेको छ । स्कूलहरु बन्द भएका छन । सडक यातायात पनि अवरुद्ध भएको छ ।

सुदूरपश्चिमका बैतडी, बाजुरा, डडेलधुरा, बझाङ, अछाम लगायतका जिल्लाहरुमा बाक्लो हिमपात परेको छ । यस्तै,कर्णालीको हुम्ला, जुम्ला सहितका जिल्लामा पनि हिमपात भएको छ । हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । गए रातिदेखि हिमपात हुनुको साथै हावाहुरी चलिरहेका कारण जनजीवन प्रभावित भएको छ ।



हिमपातका कारण सवारी साधन आवतजावत अवरुद्ध बनेको छ भने बजार पनि सुनसान बनेका छन् । हिमपातले हुम्ला जिल्ला सदरमुकाम सिमकोट देखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा पुग्नुको साथै मुचुमा अहिले झण्डै दुई फिटभन्दा बढि हिउँ जमेकाले स्थानीयलाई घरबाट बाहिर निस्कन समेत समस्या भएको छ ।
यता, बाजुरामा एक दशक भन्दा बढी सयम पछि बाजुराका बेसितिरका क्षेत्रमा समेत हिमपात भएको छ । बाजुराका हिमाली क्षेत्रमा हिमपात हुने गरे पनि १२ बर्ष पछि पहिलो पटक कर्णाली किनारासम्मै हिमपात भएको छ ।