शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने प्रचण्डलाई डर

सबै परिस्थितिलाई गम्भीरतापूर्वक समीक्षा गरी आगामी फागुन २१ मा निर्वाचन सम्पन्न हुने वातावरण बनाउन लाग्नुपर्ने बताए ।

नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले  भ्रष्टाचार छानबिनका नाममा लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरुलाई जेल हाल्ने चलखेल हुनसक्ने बताएका छन्। उनले जेन–जी आन्दोलनपछि गैरदलीय सरकार बनेपनि अहिलेको उपलब्धिहरु माथिको संकट बाँकि नै रहेको बताउँदै  विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरुलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने, लोकतान्त्रिक राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाउने र आफू अनुकूल निर्वाचन र परिणामबाट आफ्नो कठ्पुतली पात्रमार्फत् स्वार्थ सिद्ध गर्ने प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलहरु बाँकी नै रहेको बताए ।

क्रान्ति र प्रतिक्रान्तिको दोसाँधमा रहेको यो समयमा ठोस परिस्थितिको ठोस विश्लेषण गरेर नेपाली क्रान्तिको नयाँ कार्यभार पूरा गर्न सकिने अवसर र चुनौती हाम्रा सामु रहेको भन्दै उनले  यो सबै परिस्थितिलाई गम्भीरतापूर्वक समीक्षा गरी आगामी फागुन २१ मा निर्वाचन सम्पन्न हुने वातावरण बनाउन लाग्नुपर्ने बताए । विचार मिल्ने पक्षहरुसँग एकता र ध्रुवीकरणको पहल गर्ने, राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको रक्षाका लागि सम्पूर्ण लोकतान्त्रिक देशभक्त शक्तिहरुसँग कार्यगत एकता र सहकार्य गर्ने गरी पार्टीले नयाँ एतिहासिक पहल र भूमिका खेल्नुपर्ने आवश्यकता अहिले रहेको उनको भनाइ थियो । उनले अहिले नेपालको राजनीतिक इतिहासकै अत्यन्तै कठिन परिस्थितिमा रहेको बताए  ।