हालसम्म सार्वजनिक भएको परिणाम यस्तो छ

  • प्रकाशित मिति : शनिबार, मंसिर २३, २०७४
  • न्युज बिहानी

काठमाडौं, मंसिर २३ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । जारी परिणाममा वाम गठवन्धनले वर्चश्व कायम राखेको छ । गणना भईरहेका स्थानमा पनि वाम गठवन्धनका तर्फवाट एमाले, माओवादी केन्द्रका उम्मेदवारहरु विजयी हुने क्रम जारी छ । अग्रता पनि काग्रेसका उम्मेदवारको तुलनामा माओवादी एमालेकै रहेको छ ।

यो समाचार तयार पार्दासम्ममा वाम गठबन्धन (एमाले – २५ र माओबादी -११ ) सर्वाधिक प्रतिनिधि सभामा ३६ र प्रदेश सभामा (एमाले – २७ र माओबादी -१६ ) ४३  स्थानमा विजय हासिल गरिसकेका छन्। कांग्रेसले प्रतिनिधि सभामा ७ र प्रदेशसभामा ७ स्थानमा मात्र विजय हासिल गरेको छ।



यस्तै  प्रतिनिधिसभामा नेकपा एमालेले ५२ स्थानमा अग्रता लिएको  छ भने माओवादी केन्द्रले  २४ स्थानमा अग्रता लिएको  छ । नेपाली कांग्रेसले  २० स्थानमा अग्रता लिएको  छ । अन्य भने ३ बिजयी भएका छन् ।

प्रदेशसभामा नेकपा एमालेले ६७ स्थानमा अग्रता लिएको  छ भने माओवादी केन्द्रले  ४६ स्थानमा अग्रता लिएको  छ । नेपाली कांग्रेसले  १५ स्थानमा अग्रता लिएको  छ ।अन्य भने २ बिजयी भएका छन् ।