गोरखामा प्रकृतिसँग लुकामारी, हेर्नुस् २३ तस्वीर

  • प्रकाशित मिति : सोमवार, कार्तिक २७, २०७४
  • प्रेस

प्रदेश र प्रतिनिधि सभाका निर्वाचन नजिकिँदै गर्दा गोरखाका गाउँबस्तीमा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरु घरदैलो र चुनावी सभामा व्यस्त छन् ।

प्रकृतिले भने आफ्नो शैली पटक्कै छाडेको छैन । गोरखा बजार र आसपासका बस्तिमा अझै चर्को गर्मी छ । विनासकारी भूकम्पको केन्द्रविन्दु बारपाकतिर उकालो लाग्दा चिसो मौसमले क्रमशः छोप्दै लगेको छ ।

किसानहरु धान झारेर भकारी भर्न व्यस्त छन् । बारपाकका बासिन्दालाई चुनावी गतिविधिले छोएजस्तो पटक्कै लाग्दैन । कोही खेतमा व्यस्त, कोही कोदो टिप्न बारीतिर त कोही निगालो काटेर जंगलतर्फ दौडिँदै भेटिन्छन् ।

गोरखा बजार र बारपाकबाट देखिने बुद्ध हिमाललाई घरि बादलको घुम्टोले ढपक्कै ढाक्थ्यो भने घरि अलिअलि उघ्रिएर तस्बिर खिच्न अवसर दिएझैं लाग्थ्यो ।