शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

प्रधानमन्त्री ओली निबास बालकोटमा आगजनी

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा आगजनी भएको छ ।  प्रदर्शनकारीले भक्तपुरको बालकोटस्थित ओली निवासमा मंगलबार आगजनी गरेका हुन्। सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएपछि उग्र बनेका जेनजी आन्दोलन  आज बिहानैबाट थप चर्को बन्दै गएको छ ।

अहिले प्रदर्शनकारीहरूले शीर्ष नेता घर र पार्टी कार्यालयहरू तोडफोड गरिरहेका छन् ।  प्रदर्शनकारीहरुले सरकारी कार्यालय, प्रहरी चौकीलाइ पनि  निशाना बनाउँदै आएका छन् । उनीहरुले एमाले पार्टी कार्यालय, कांग्रेस पार्टी कार्यालय, कांग्रेस सभापति शेरबहादुर देउवाको निवास, माओबादी अध्यक्ष प्रचण्ड निबासमा आगजनी र तोडफोड गरेका छन् ।   

त्यस्तै सञ्चारमन्त्री पृथ्वी सुव्वा गूरुङ,निबर्तमान गृहमन्त्री लेखक निबास,आरजु राना लगायतको निवासमा आगजनी र तोडफोड भइसकेको छ ।  पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र एमाले महासचिव शङ्कर पोखरेलको घरमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् ।