शुक्रबार, ४ बैशाख २०८३
काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार पूर्ण रूपमा भ्रष्टाचार, कुशासन र पदको दुरुपयोगमा फसिरहेको आरोप लगाउँदै तत्काल राजीनामा दिन आग्रह गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै मुभमेन्टले हालसालै सरकारका शीर्ष तहमा भएका निर्णय र गतिविधिले जनविश्वास घटेको र नैतिक आधार कमजोर बनेको दाबी गरेको छ ।
विज्ञप्तिमा ऊर्जा मन्त्री कुलमान घिसिङले ४३ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी गराएको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मा समूहलाई गैरकानुनी कर छुट दिएको तथा महान्यायाधिवक्ता सविता बराल भण्डारीले किशोरीहरूको डिम्ब बिक्रीसम्बन्धी अनैतिक कार्यमा संलग्न भएको गम्भीर आरोप लगाइएको छ। साथै, प्रधानमन्त्री कार्कीका स्वकीय सचिवले आफन्तलाई पदिय सुविधा उपलब्ध गराएको र गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो काकालाई डीआइजी बनाउने उद्देश्यले सशस्त्र प्रहरीमा ‘दरबन्दी थप’ गर्नेजस्ता दुराचार गरेको भन्दै प्रश्न उठाइएको छ।
यस्तो छ विज्ञप्ति
