शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

‘टुक्रे आयोजना’का रोक्का गरिएको बजेट फुकुवा

वित्तीय अनुशासन कायम गर्ने भन्दै सरकारले रोक्का गरेका तीन करोडमुनिका टुक्रे तथा तयारी नपुगेका आयोजनाको बजेट अर्थ मन्त्रालयले फुकुवा गर्न थालेको छ । पुँजीगत बजेटतर्फको रोक्का गरिएको एक खर्ब १४ अर्ब ५३ करोडमध्ये १५ माघसम्म ४२ अर्ब ६८ करोड फुकुवा भइसकेको छ ।

आयोजना छनोटमा मापदण्ड पालना नभएको र राजनीतिक दबाबमा विनियोजन गरिएको भन्दै अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को ५ असोजको बैठकले ५३ वटा टुक्रे तथा तयारी नपुगेका आयोजनामा विनियोजित एक खर्ब १४ अर्ब ५३ करोड रुपैयाँ बजेट रोक्का गरेको थियो । अर्थ मन्त्रालय स्रोतका अनुसार राजनीतिक दलहरूको दबाबमा बजेट फुकुवा गरिएको हो ।

हालसम्म सहरी विकास, भौतिक पूर्वाधार, खानेपानी, ऊर्जा, पर्यटन, वन र खेलकुद गरी सात मन्त्रालयअन्तर्गतको बजेट फुकुवा भइसकेको छ । उद्योग र संघीय मामिला मन्त्रालयले पनि बजेट फुकुवाको लबिङ गर्दै आएका छन् । यसबाहेक सञ्चार मन्त्रालयको चालूतर्फको बजेट पनि फुकुवा भएको छ ।