शुक्रवार, कार्तिक १४ २०७७Oct 30 2020
  • शुक्रवार, कार्तिक १४ २०७७
images

ग्लोबल टाइम्सले भन्यो - हुम्लामा भौतिक पूर्वाधार निर्माण भएको क्षेत्र चीनको हो,नेपालको होइन !

ग्लोबल टाइम्सले भन्यो - हुम्लामा भौतिक पूर्वाधार निर्माण भएको क्षेत्र चीनको हो,नेपालको होइन !

images
  • शनिवार, कार्तिक १ २०७७

  • 1.7K
    SHARES

  • ग्लोबल टाइम्सले भन्यो -  हुम्लामा भौतिक पूर्वाधार निर्माण भएको क्षेत्र चीनको हो,नेपालको होइन !

    नेपालको भू -भाग हुम्लामा चिनियाँहरुले भवन निमार्ण गरेको भन्ने विषय अहिले चर्चामा रहेको छ । यस विषयमा चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र पिपुल्स चाइना डेलीको सहप्रकाशन ग्लोबल टाइम्सले आफ्नो अनलाइन संस्करणमा रिपोर्टर बाई युन्हीले एक रिर्पोट प्रकाशन गर्दै हुम्लाको मिचिएको भनिएको भूभाग चीनको नै पर्ने दावी गरिएको थियो ।

    उक्त रिर्पोट अनुसार चीनले नेपालको भूमि मिचेको भनिएका हुम्ला जिल्लाका घरहरु चिनियाँ भूभाग भित्रै पर्छन् । उक्त क्षेत्र चीनको दक्षिण पश्चिमी तिब्बत स्वायत्तको बुराङ काउन्टीमा नयाँ बनाइएको अली क्षेत्रको गाउँ भएको बुराङ काउन्टीका अधिकारीले गत शुक्रबार एक विशेष अन्तर्वार्तामा ग्लोबल टाइम्सलाई बताएको भनि रिपोर्टमा उल्लेख गरिएको छ ।

    images
    images
    images

    मे महिनामा निर्माण कार्य प्रारम्भ हुँदा सैनिक तथा स्थानीय प्रशासन कर्मचारीले सर्वेक्षण गरेको भन्दै नापी नक्सा कर्मचारीहरुले बनाइनुपर्ने भवनहरु चीनतिरै पर्नेगरी स्थलगत विस्तृत नापजाँच गरेको बुराङ काउन्टी वैदेशिक सम्बन्ध कार्यालयका निर्देशक बाकीले बताका छन् ।

    त्यो गाउँ पुरै चीनतिर पर्दछ र सीमासँग सबैभन्दा नजिकको घर नेपाल चीन सीमादेखि एक किमी टाढा रहेको बाकीको भनाइ छ । गाउँ निर्माणको कार्य सम्पन्न हुन लागेको समेत उनले जानकारी दिएका छन् ।

    china-2.jpg

    शनिवार, कार्तिक १ २०७७०८:१२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology