आइतवार, कार्तिक ९ २०७७Oct 25 2020
  • आइतवार, कार्तिक ९ २०७७
images

नेकपाको राजनीति : कर्णालीमा एक्सन काठमाडौँमा री-एक्सन

नेकपाको राजनीति : कर्णालीमा एक्सन काठमाडौँमा री-एक्सन

images
  • शुक्रवार, आश्विन ३० २०७७

  • 1.7K
    SHARES

  • नेकपाको राजनीति : कर्णालीमा एक्सन काठमाडौँमा री-एक्सन

    यतिबेला नेकपामा प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तार गरेपछि फेरी असन्तुष्टि बढेको छ । ओलीले रक्षा मन्त्रालय आफैंसँग राख्दै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिइएका थिए भने महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका थिए । विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको थियो। ओलीको उक्त निर्णयप्रति शिर्ष नेताहरु खुशी छैनन् । ओलीले एकलौटी आफ्नो गुटकोलाई मात्र मन्त्रि बनाएकोमा प्रचण्ड , माधबकुमार नेपालदेखि झलनाथ खनाल र बामदेब गौतमसमेत असन्तुष्ट छन् ।

    ओलीले एकाएक नयाँ तिन मन्त्री थपेपछि प्रचण्डबाहेक अरु तिनछक परे । अचानक मन्त्रिपरिषद् पुनः गठन भएपछी नेकपामा थप संकट थपिएको छ । करिव दुई तिहाइ भएको नेकपा आन्तरिक बिबादमा फस्दा र ओलीको मनपरीतन्त्रका कारण देश नजरबन्दमा रहेको छ । नेकपाको द्वन्द्व र ओलीको हेपाहा प्रबृतिको नियतिको सिकार सिंगो देश र जनता भएको छ । नेकपामा कर्णालीमा देखिएको बिबाद काठमाडौँमा सरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपा कै १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएपछि देखिएको विवाद र उक्त घटनामा ओली एक्लिएपछि उनले काठमाडौँमा चालेको कदमले नेकपामा तरंग पैदा गरेको छ।

    images
    images
    images

    सत्तामा करिव ३ बर्ष बस्दा पनि भष्ट्राचार बाहेक सिन्को भाच्न नसकेका ओलीले अहिलेसम्म एघार पटक मन्त्रिपरिषद् पुनःगठन गरिसकेका छन्। स्थायित्वको नारा बोकेर आएको नेकपा ओलीको सत्तामोहमा फस्दा देशनै संकटमा फसेको छ । पूर्वमन्त्री यामलाल कँडेल नेतृत्वमा नेकपाका १८ जना सांसदहरुले शाहीबिरुद्ध हस्ताक्षर गरेका थिए । कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफल गर्न प्रदेश कमिटीका सबै पदाधिकारीलाई काठमाडौँ बोलाउने सहमति पनि ओली र प्रचण्डबीच भएको थियो । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्धको अविश्वासको प्रस्तावले नयाँ मोड लिएपछि मुख्यमन्त्री शाहीले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई पदबाट हटाएका थिए । अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको थियो । त्यसको जवाफ प्रधानमन्त्री ओलीले काठमाडौँबाट दिएका छन् ।

    मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक रहेकी सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेका थिए । कोभिड-१९ को रोकथाम र नियन्त्रणको लागि केहि काम नगरेको सरकारले राहतको नाममा अरबौ खर्च गरेको बताएपछि छानबिनका लागि पनि आवाज उठेको थियो । स्वास्थ्य सामग्रीमा भएको अनियमितता, राहतको नाममा भएको अनियमितता तथा अरबौको गाडी किन्दा एउटा पनि आइसीयु र भेन्टिलेटर खरिद गर्न नसकेको ओली सरकार पटक-पटक बिबादित हुँदै आएको छ भने जनतामाझ अलोकप्रिय भैसकेको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता वा देशमा सु-शासन कायम गर्ने विषयमा आकर्षक नारा दिएर आएको नेकपामाथि भ्रष्टाचारका काण्डदेखि सत्ता जोगाउने खेलमा प्रधानमन्त्री ओलीको भूमिकामाथि प्रश्न नै प्रश्न उठेका छन्।

    आफूलाई सहयोग गर्ने नेता कार्यकर्ताको संरक्षण गर्ने र सत्ता केन्द्रमा आफूलाई मात्र बलियो बनाउने उनको स्वभावका कारण नेकपा नै विघटनको संघारमा पुगेको छ । तिन वर्षअघि महासचिवको रूपमा ईश्वर पोखरेललाई हटाउदा विष्णु पौडेलले पद हत्याउन सफल भए भने अहिले पार्टी र सरकारमा ईश्वर उपेक्षित हुँदा विष्णु पौडेल भने दुवैतिर शक्तिशाली भएका छन् । कोरोना महामारीको विषम परिस्थितिको समयमा समेत उपकरण खरिद काण्डमा भ्रष्टाचार भएको आवाज उठ्दा समेत ओली बचाउतिर लागेका थिए । खरिद प्रक्रिया ठिक र कानुनसम्मत छ, भ्रष्टाचार भएको छैन भन्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् देखि संसद् बैठकमासम्म भन्न भ्याएका थिए ।

    आफूलाई सत्तामा टिकाइ राख्न प्रधानमन्त्री ओलीले आफूलाई सहयोग गर्ने नेता कार्यकर्ताको संरक्षण गर्ने र विपक्षमा भएकालाई सिध्याउने फोहोरी खेल निरन्तर खेलिरहेका छन् । ओलीको कार्यशैलीले पार्टीको जीवन र विश्वासमाथि नै गम्भीर नैतिक संकट पैदा गरेको छ भने ओली प्रवृत्ति लामो समयसम्म कायम रहे नेकपा पार्टी एक दिनइतिहासमा सिमित हुन् धेरै समयको प्रतिक्षा गर्नु नपर्ने देखिन्छ।

    शुक्रवार, आश्विन ३० २०७७०७:४३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology