बुधवार, कार्तिक ५ २०७७Oct 21 2020
  • बुधवार, कार्तिक ५ २०७७
images

मन्त्रिपरिषद पुनर्गठन : अर्थमा बिष्णु पौडेल, ईश्वर पोखरेलको मन्त्रालय खोसियो (सूचीसहित)

मन्त्रिपरिषद पुनर्गठन : अर्थमा बिष्णु पौडेल, ईश्वर पोखरेलको मन्त्रालय खोसियो (सूचीसहित)

images
  • बुधवार, आश्विन २८ २०७७

  • 1.7K
    SHARES

  • मन्त्रिपरिषद पुनर्गठन : अर्थमा बिष्णु पौडेल,  ईश्वर पोखरेलको मन्त्रालय खोसियो (सूचीसहित)

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले केही सदस्यको जिम्मेवारी हेरफेर समेत गरेका छन् । प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफैंसँग राख्दै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिइएका छन् । ओलीले महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

    त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको छ ।

    images
    images
    images

    cabinet.gif

    बुधवार, आश्विन २८ २०७७०६:१०:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology