आइतवार, कार्तिक ९ २०७७Oct 25 2020
  • आइतवार, कार्तिक ९ २०७७
images

साताको चौथों दिन बुधबार पनि सेयर बजार ओरालो

साताको चौथों दिन बुधबार पनि सेयर बजार ओरालो

images
  • बुधवार, आश्विन २८ २०७७

  • 877
    SHARES

  • साताको चौथों दिन बुधबार पनि सेयर बजार ओरालो

    काठमाडौं । साताको चौथों दिन बुधबार पनि सेयर बजार ओरालो लागेको छ । मंगलबार ९ अंकले ओरालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ७ अंकले घटेको हो ।

    नेप्से परिसूच्क ७ दशमलव ४९ अंकले घटेर १ हजार ५ सय ६१ दशमलव १७ अंकमा झरेको छ । नेप्से परिसूचकमाबै होइन अघिल्लो कारोबारको तुलनामा सेयर कारोबार रकममा समेत गिरावट आएको छ ।

    images
    images
    images

    मंगलबार करिब २ अर्बको कारोबार भएकोमा बुधबार डेढ अर्बको पनि कारोबार भएन ।

    दिनभर भएका २४ हजार ८ सय ९९ कारोबारबाट १९५ कम्पनीका ५२ लाख ९१ हजार ३ सय १४ कित्ता सेयर खरिद बिक्री भएका छन् । जस अनुसार कारोबार रकम १ अर्ब ४९ करोड ६३ लाख ८७ हजार ९ सय ९२ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।

    कारोबार रकमका आधारमा बुधबार सबै भन्दा धेरै कारोबार जनरल इन्स्योरेन्सको भएको छ । सोमबार नेप्सेमा सूकिकृत भएर जनरलको मंगलबारदेखिमात्रै कारोबार शुरु भएको थियो ।

    बुधवार, आश्विन २८ २०७७०४:१३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology