आइतवार, कार्तिक ९ २०७७Oct 25 2020
  • आइतवार, कार्तिक ९ २०७७
images

आईपीएलमा चेन्नाईको तेस्रो जित

आईपीएलमा चेन्नाईको तेस्रो जित

images
  • बुधवार, आश्विन २८ २०७७

  • 913
    SHARES

  • आईपीएलमा चेन्नाईको तेस्रो जित

    काठमाडौं । चेन्नाई सुपर किंग्सले आईपीएल क्रिकेटमा तेस्रो जित हात पारेको छ । दुबईमा मंगलबार भएको खेलमा महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नाईले सनराइजर्स हैदरावादलाई २० रनले हरायो । हैदरावादको यो पाँचौं हार हो ।

    चेन्नाईले पहिले ब्याटिङ गर्दै हैदरावादसामु १६८ रनको चुनौती पेश गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि केन विलियम्सनले ५७ रन बनाए पनि जित दिलाउन सकेनन् ।
    चेन्नाइका लागि ड्वेन ब्राभो र कर्ण शर्माले दुई–दुई विकेट लिए । साम कुरान, रविन्द्र जडेजा र शार्दुल ठाकुरले एक–एक विकेट लिए । जडेजाले ब्याटिङमा पनि राम्रो गरे । उनले १० बलमा नटआउट २६ रन बनाए । यो प्रदर्शनका कारण उनी म्यान अफ द म्याच भए ।

    images
    images
    images

    यो जितसँगै चेन्नाई अंक तालिकाको छैटौं नम्बरमा पुगेको छ र प्लेअफको दौड रोमाञ्चक बनेको छ ।

    चेन्नाई, हैदरावाद र राजस्थान रोयल्सको समान ६–६ अंक भएको छ । रेन रेटका आधारमा हैदरावाद पाँचौं र राजस्थान सातौं स्थानमा छन् । चौथो नम्बरमा रहेको कोलकाता नाइट राइडर्सको आठ अंक छ । हैदरावाद र चेन्नाईले बाँकी टिमसँग एक–एक म्याच बढी खेलेका छन् । यी दुवै टिमले आठ खेल खेलिसकेका छन् ।

    बुधवार, आश्विन २८ २०७७११:२४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology