आइतवार, कार्तिक ९ २०७७Oct 25 2020
  • आइतवार, कार्तिक ९ २०७७
images

अमेरिकाले गर्यो रुसमाथि आक्रमणको तयारी ? कयौ पटक उडायो बमबर्षक !

अमेरिकाले गर्यो रुसमाथि आक्रमणको तयारी ? कयौ पटक उडायो बमबर्षक !

images
  • आइतवार, आश्विन २५ २०७७

  • 3.3K
    SHARES

  • अमेरिकाले गर्यो  रुसमाथि आक्रमणको तयारी ? कयौ पटक उडायो बमबर्षक !

    अमेरिकाले रुससँग उसको कुनैपनि हर्कतबिरुद्ध लड्न भन्दै युद्ध अभ्यास गरेको छ। उसले नाटो सदस्यहरुको साथ मिलेर उत्त अभ्यास गरेको हो । उक्त अभ्यासमा परमाणु बमबर्ष समेत सामेल गरिएको थियो । अमेरिकाले किलर मिसाइलले सुसज्जित आफ्नो ६ वटा बमबर्षलाई बेलायत पठाएको छ । अहिले रुस र अमेरिकासहित नाटो देशबीच तनाब बढ्दै जाँदा गरिएको यो युद्द अभ्यासलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    रुस र नाटो देशको फाइटर जेट बीच ब्ल्याक सी र नर्वे नजिकको आर्कटिक क्षेत्रमा आकाशमा तनाव बढ्दैछ। रुसको खतरासँग लड्न अमेरिकाले पहिले पनि आफ्नो ६ बि ५२ परमाणु  बमवर्षक विमान ब्रिटेन पठाएको थियो। अहिले यो बिमान युएस एयरफोर्सको होम बेसमा फर्किसकेको छ। बेलायतको फेयरफोर्ड हवाई क्षेत्रमा तैनाथ यो बमबर्षले ५७ पटक उडान भरेको थियो । यो बमबर्षले १२० अत्यन्त शक्तिशाली मिसाइल बोक्नसक्छ भने अफ्रीका र युरोपको कुनै पनि ठाउमा आक्रमण गर्न सक्ने क्षमता राख्दछ ।

    images
    images
    images

    के थियो रुसबिरुद्ध युरोपमा बमबर्ष पठाउनुको अमेरिकाको उदेश्य?

    परमाणु क्रूज मिसाइलले अमेरिकी बमबर्षले जुनसुकै बेला आफ्नो बिरुद्द लाग्नेमाथि जवाज दिनसक्ने चेतावनी दिएको बताईएको छ ।  अमेरिकी परमाणु वैज्ञानिक हाँस क्रिस्‍टेनशेनले अमेरिकाले आफ्नो लक्ष्य तद्काल पुरा गर्नसक्ने र उसले जुनसुकै बेला परमाणु क्रूज मिसाइलबाट पनि आक्रमण गर्नसक्ने क्षमता रहेको बताएका छन् । अमेरिकी बमबर्ष जापानमा समेत तैनाथ रहेको छ भने यसले पूर्वी रुसमा निशाना बनाउन सक्षम रहेको छ । अमेरिकी क्रुज मिसाइल (ALCM) २५०० किलोमीटरको दूरीमा समेत परमाणु बम हान्न सक्षम छ ।

    त्यस्तै अमेरिकी सबसोनिक क्रूज मिसाइल यदि बेलायतको आकासबाट हान्ने हो भने रुसको मस्को ध्वस्त बनाउन सकिन्छ। AGM-८६ नामक क्रूज मिसाइलको अमेरिकी बोइङ कम्पनीले बनाएको थियो। यसले एयर डिफेन्स सिस्टमको समेत झुक्याएर आक्रमण गर्न सक्छ । रुसको राडारबाट बचाउन यो बनाइएको थियो तर रुसले यो मिसाइल ध्वस्त पार्न मिग-३१ फाइटर जेट र टोर मिसाइल सिस्‍टम बनाएको थियो । अमेरिकाले ३० देशसंग मिलेर बमबर्षले ५७ पटक १०० लडाकु विमानको साथ युद्ध अभ्यास गरेको थियो ।

    यो बमबर्ष विमानले उत्तरी ध्रुव, बेरंट सी, ब्ल्याक सी , नर्वे तथा भूमध्य सागरको माथि उडान भरेको थियो। नबभारत टाइम्सले बताए अनुसार अमेरिकी एयर फोर्सले आफ्नो वैश्विक सुरक्षा र स्थिरताको प्रतिबद्धताको लागि यो गरेको बताएको छ । अमेरिकी वायुसेनाले कोरोनाको चुनौतीपछि आफ्नो मित्र देशका साथ जस्तोसुकै मिशनमा जान तयार रहेको बताएको छ । बेलारूस समेत धेरै मुद्दामा नाटो देश र रूसको बीच तनाव शृजना गर्दै आएको छ ।

    रूसले बेलारूसका राष्‍ट्रपति अलेक्‍जेंडर लुकाशेन्‍को को आफ्नो समर्थन दिएको छ भने उनले  नेटो देशको बिरोध गरिरहेका छन् । अमेरिकाले बेलायत पठाएको बि ५२ बमबर्ष बिमान परमाणु र परम्परागत दुबै हतियार तथा मिसाइलले आक्रमण गर्न सक्छ । यस बमबर्षले एक पटकमा ३२ हजार किलो हतियार लान सक्छ भने यसको मार क्षमता करिब १४ हजार ८० किलोमिटर रहेको छ । यसमा ६ वटा इन्जिन रहेको छ भने रुसको खतराबाट बचाउन यो डिजाइन गरिएको छ । अमेरिकाले ५८ बि ५२ बमवर्षक विमानको एक्टिभ ड्यूटीमा लगाएको छ । यो सबसोनिक अधिक स्‍पीडमा उडान भर्न सक्षम छ ।

    आणविक हतियार (परमाणु बम) सहित को कति शक्तिशाली

    रुस

    आणविक हतियार- ६९१२

    प्रयोग बिधि - मात्र बचाऊ ( only defensively policy)

    पावर इन्डेक्स - ०.०६३९

    जनसंख्या- १४२१२२७७६

    सेना -३५८६१२८ अनुमान

    जम्मा एयरक्राफ्ट - ४०७८ ( २ नम्बर १३७ मा )

    फाइटर बिमान - ८६९ ( ३ न. )

    कम्बाट टेंक - २१९३२ ( १ न. )

    रक्षा बजेट - ४ ४४ बिलियन

    अमेरिका

    आणविक हतियार- ६१७२

    प्रयोग बिधि - मात्र बचाऊ ( only defensively policy)

    पावर इन्डेक्स - ०.०६१५ ( नेटो सदस्य )

    जनसंख्या- ३२९२५६४६५

    सेना - २१४१९०० अनुमान

    जम्मा एयरक्राफ्ट – १३३९८  ( १ नम्बर १३७ मा )

    फाइटर बिमान - २३६२ ( १ न. )

    कम्बाट टेंक - ६२८७ ( ३ न. )

    रक्षा बजेट - $ ७१६ बिलियन

    आइतवार, आश्विन २५ २०७७०७:४६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology