आइतवार, मंसिर १४ २०७७Nov 29 2020
  • आइतवार, मंसिर १४ २०७७
images

परफ्युम प्रयोग गर्नुहुन्छ ? यी ५ कारण बन्छ खतरा !

परफ्युम प्रयोग गर्नुहुन्छ ? यी ५ कारण बन्छ खतरा !

images
  • बिहिवार, आश्विन २२ २०७७

  • 3.1K
    SHARES

  • परफ्युम प्रयोग गर्नुहुन्छ ?  यी ५ कारण बन्छ खतरा !

    कुनै कार्यक्रम वा कार्यालयमा जानु अघि अर्थात विशेषत घर बाहिर निस्कनुअघि कतिपय मानिस परफ्युमको प्रयोग गर्छन् । शरीर तथा कपडाबाट आउने दुर्गन्ध नियन्त्रण गर्न समेत यसको प्रयोग गरीन्छ ।

    परफ्युमको प्रयोगले व्यक्तित्वमा सकारात्मक प्रभाव पार्दछ । तर कतिपय अवस्थामा भने यसको गलत प्रयोगले स्वास्थ्यमा हानि पुग्न सक्छ । परफ्युमको प्रयोग नाडी, कान, गला जस्ता शरीरका अंगमा लगाए यसले हानि पुर्याउँछ ।

    शरीरका संवेदशील अंगमा केमिकलयुक्त परफ्युम प्रयोग गर्नु खतरनाक सावित हुनसक्छ । तसर्थ निम्न अवस्थामा परफ्युमको प्रयोग गर्दा सर्तक रहनुहोला ।

    १. परफ्युमको प्रयोग गर्नुअघि हातमा लगाएर सुँघ्ने बानी नगर्नुहोला । यसले स्वास्थ्यमा असर पार्दछ । बरु यसको सट्टा नाडीमा प्रयोग गरे यसले स्वास्थ्यमा असर पार्दैन साथै दिनभरी टिकाउ समेत हुन्छ ।

    २. कतिपय मानिसहरु कपालमा पनि परफ्युमको प्रयोग गर्ने बानी हुन्छ । तर यस्तो बानी कपाललाई खतरनाक साबित हुनसक्छ । किनकी परफ्युममा अल्कोहलको प्रयोग भएको हुनाले कपाल सुख्खा हुने र टुक्रिने गर्दछ ।

    ३. कानपछाडि परफ्युमको प्रयोग गर्नु हुदैन । कान अति संवेदनशील भाग भएकाले परफ्युममा भएको केमिकल र अल्कोहलले यस भागको छाला सुख्खा बनाइदिन्छ । त्यसैले कान पछाडि परफ्युम लगाउनु नै छ भने मोस्चराइजरको प्रयोग गर्नु होला ।

    ४. नुहाएपछि शरीर पुछेर परफ्युमको प्रयोग गर्नु होला । यदि लामो समयसम्म परफ्युम रहोस् भन्ने चाहाना भए तातो पानीले नुहाउनुहोस् । यसले छालाका छिद्र खुलाउँछ । र त्यसपछि परफ्युम प्रयोग गर्दा लामोसमयसम्म पसिना गन्हाउने समस्याको समाधान हुन्छ ।

    ५. छोटो कपडा लगाएर बाहिर जाने तयारीमा हुनुहुन्छ भने तिघ्राको बिचमा परफ्युम लगाउँनु हुदैन । यसले उक्त भागमा हिँडडुल गर्दा घर्षण हुने र चिलाउने समस्या निम्त्याउँछ ।

    बिहिवार, आश्विन २२ २०७७०८:५३:४७

    न्यूज विहानी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology