आइतवार, मंसिर १४ २०७७Nov 29 2020
  • आइतवार, मंसिर १४ २०७७
images

यी सात खानेकुरा खान सुरु गर्नुहोस्, आफै घट्छ पेटको बोसो

यी सात खानेकुरा खान सुरु गर्नुहोस्, आफै घट्छ पेटको बोसो

images
  • मंगलवार, आश्विन २० २०७७

  • 17.8K
    SHARES

  • यी सात खानेकुरा खान सुरु गर्नुहोस्, आफै घट्छ पेटको बोसो

    के तपाई मोटोपनको शिकार हुनुभएको छ वा पेट लागेर घटाउन चाहनुहुन्छ ? यदि तपाईं बजारमा पाइने कुनै पनि औषधी वा तौल घटाउने उत्पादनको प्रयोग गरेर पेटको बोसो घटाउँछु भन्ने सोच बनाउनु भएको छ भने अब चिन्ता लिनु पर्दैन । बजारमा पाइने ति कुराको सेवनले तपाईंको स्वास्थ्यमा नकारात्मक असर समेत पुर्याउन सक्छ ।

    बजारमा पाइने धेरैजसो उत्पादनमा केमिकलको प्रयोग गरिएको हुन्छ जसले तपाईंको शरिरलाई फाइदाभन्दा बढि बेफाइदा पुर्याएको हुन्छ । हामीले कृतिम उपाय भन्दा यस्तोमा बढिरहेको बोसोलाई घटाउनका लागि प्राकृतिक तरिका अपनाउनु लाभदायक हुन्छ । हाम्रो भान्छामा दैनिक यी खानेकुरा उपलब्ध हुने भएकाले नियमित प्रयोग गरेर तपाई आफ्नो शरीरको बोसो घटाउन सक्नुहुन्छ ।

    १. लसुन

    लसुन एक प्राकृतिक एन्टी बायोटिक र सुगरलाई नियन्त्रित गर्ने काम गर्दछ । लसुनले शरिरमा ती हर्मोनलाई सक्रिय गर्न काम गर्दछ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् ।

    २. ग्रीन टी

    पछिल्लो केही वर्षमा ग्रिन टी निकै लोकप्रिय भइसकेको छ । ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ जसले शरिरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्दछ ।

    ३. केरा

    यदि तपाईंलाई फास्ट फूड खाने लत लागेको छ तर खान छोड्न चाहनुहुन्छ भने आज देखि नै केरा खान सुरु गर्नुहोस् । केरामा भरपुर मात्रामा पोटासियम पाइन्छ । यसले फास्ट फूडको लतलाई कम गर्दछ जसले तौल कम गर्न सहयोग गर्दछ ।

    ४. पुदीना

    एक कप मनतातो पानीमा पुदीनाका केही पात हाल्नुहोस् । तपाईं चाहनुहुन्छ भने यसमा केही मह पनि मिसाउन सक्नुहुन्छ । पेटको बोसो कम गर्न पुदीना यो उपाय निकै प्रभावकारी हुन्छ ।

    ५. दालचीनी

    यदि तपाईंसँग तौल घटाउनका लागि धेरै दिन छैन भने दालचीनीको उपाय तपाईंको लागि फाइदाजनक हुनेछ । बिहानको नास्ताभन्दा पहिले र सुत्नुभन्दा पहिले यसको प्रयोग गर्न सक्नुहुन्छ । एक कप पानीमा एक चम्चा दालचीनी पाउडर मिसाउनुहोस् । यो पेयलाई दैनिक दुई पटक पिउँदा केही दिनमा नै असर देखिनेछ ।

    ६. स्याउ

    स्याउ खाएर आफ्नो बढिरहेको बोसोलाई तपाईं घटाउन सक्नुहुन्छ । स्याउमा पोटासियम हुन्छ जसले धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन जसले तौल कम गर्न मद्दत गर्दछ ।

    ७. ओमेगा थ्रीले भरपुर खानेकुरा

    तोफु, पालुङ्गो, चिज, ओखर, अंडालगायतमा ओमेगा थ्री तत्व पाइन्छन् । यसले तपाईंको शरिरमा जमेको अतिरिक्त बोसोलाई हटाउन सहयोग गर्दछ ।

    मंगलवार, आश्विन २० २०७७०६:३६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology