आइतवार, कार्तिक ९ २०७७Oct 25 2020
  • आइतवार, कार्तिक ९ २०७७
images

यो हप्ता यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

यो हप्ता यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

images
  • शनिवार, आश्विन १७ २०७७

  • 23.8K
    SHARES

  • यो हप्ता  यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): यो साता एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शुभकार्यको चर्चापनि चल्नेछ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग नीलो वा रातो हो । शुभकर्म गर्नु पूर्व महाकालीजीको आरधनागरी यात्रा गर्दा अधिक सफलता प्राप्त हुनेछ ।

    images
    images
    images

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आफूलाई कमजोर भएको अनुभूति हुनेछ । सोचेजस्तो लाभ हासिल गर्न अझै केही समय कुर्नुपर्नेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । सोमवारबाट साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । प्रेम प्रस्तावपनि आउन सक्छ । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल मिल्नेछ ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): यो साता रमणीय र सुखद् यात्राको योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आमदानीका स्रोत बढ्नेछन् । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग रातो वा हरियो हो । शुभकर्म गर्नु पूर्व बगलामुखीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : यो हप्ता नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । भोज भतेरमा सहभागिता हुने अवसर आउनेछ । साताको अन्त्यमा चुनौतीको सामना गर्नुपर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभअङ्क ७,९ र शुभरङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको ध्यानगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : यो साता वाहान लाभ हुने समय छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । मनमा उत्साह र उमङ्ग छाउनेछ । पुनर्मिलनको योग रहेको छ । शिक्षामा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागीता भइएला । लाभदायक यात्रा हुनेछ । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग गुलाबी वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरणगरी कार्य आरम्भ गर्दा अधिक राम्रो हुनेछ ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : साताको सुरुका दिनमा दबाब र तनाव बढेको महसुस हुनेछ र केहि अफ्ठ्यारा परिस्थितिको सामना गर्नुपरेपनि यो सातामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आँटेको र ताकेको कार्य पुरा होला । नजिकका व्यक्तिबाट कार्यमा सहयोग मिल्नेछ । सोचेका काम पूरा हुनेछन् । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग गुलाबीवा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको दर्शन गरे अधिक सफलता मिल्नेछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : यो साता प्रेममा सफलता पाईनेछ र विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नजिकको मित्रसँग भेटघाटपनि हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साताको उत्तरार्धबाट आर्थिक कारोवारमा मन्दी आउनेछ । सामान हराउने योगपनि छ । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग आकासे वा गुलाबी हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : यो सप्ता ठीक समयमा सही निर्णय लिन सकिनेछ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । प्रेम सम्बन्धकापनि राम्रो समय रहेकोछ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्छ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले अधिक राम्रो हुनेछ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : यो साता यात्रामा मालसामान हराउन सक्छ, सचेत रहनु होला । कार्य सम्पादनमापनि समस्या आउला । सोमवारबाट सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग पहेंलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) : यो हप्ता पारिवार संग रमाइलो भेटघाट हुनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । नयाँ कार्यको अवसर मिल्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रेम सम्बन्धपनि कसिलो हुनेछ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग वैजनी वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : यो साता सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग सुन्तला वा कालो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ । 

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : यो साता कार्य सम्पादनमा सहजता मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । अधुरो काम पूरा हनेछ । साताको मध्यमा सरकारी निकाएको भय रहला । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग सिन्दुरे वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शनगरी कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

    (अधिक जानकारीको लागि . ज्यो.प. नारायणप्रसाद दुलाल- ९८४९५५९५०२ )

    शनिवार, आश्विन १७ २०७७०७:५४:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology