आइतवार, मंसिर १४ २०७७Nov 29 2020
  • आइतवार, मंसिर १४ २०७७
images

लेवानडोस्की र हार्डर युरोपको बर्ष उत्कृष्ट खेलाडी घोषित

लेवानडोस्की र हार्डर युरोपको बर्ष उत्कृष्ट खेलाडी घोषित

images
  • शुक्रवार, आश्विन १६ २०७७

  • 1.5K
    SHARES

  • लेवानडोस्की र हार्डर युरोपको बर्ष उत्कृष्ट खेलाडी घोषित

    एजेन्सी। युइएफए बर्षको उत्कृष्ट पुरुष खेलाडीको उपाधि रोबेर्ट लेवानडोस्कीले जितेका छन् ।

    गएराति सार्वजनिक भएको नतिजामा लेवानडोस्कीले म्यानचेस्टर सिटी (बेल्जियम) का केभिन डी ब्रुने र बायर्न म्युनिख (जर्मनी) का गोलकिपर मान्यूएल नोएरलाई पछाडी पार्दै युरोपको बर्षको उत्कृष्ट खेलाडीको उपाधि जितेका हुन् ।

    युरोपको २०१९ र २० को उत्कृष्ट खेलाडीको मनोनयनमा पछिल्लो १० बर्षमा पहिलो पटक लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो परेका थिएनन् ।

    रोनाल्डो र मेसी युइएफएले यसअघि घोषणा गरेको च्याम्पियन्स लिगको व्यक्तिगत अवार्डको मनोनयनमा समेत परेका थिएनन् ।

    त्यस्तै बर्षको युरोपको उत्कृष्ट महिला खेलाडीको उपाधि डेनमार्ककी पेर्निल हार्डरले जितेकी छन् । उनले इङ्ल्याण्डकी लुसी ब्रोन्जे र फ्रान्सकी वेंडी रेनार्डलाई पछि पर्दै उपाधि जितेकी हुन् ।

    त्यस्तै पुरुष म्यानेजरमा बायर्न म्युनिखका म्यानेजर हान्स डिएटर फ्लिकले जितेका छन् । उनले लिभरपुलका म्यानेजर जर्गेन क्लोप र आरबी लेइपजिंगका म्यानेजर जुलियन नागेल्समनलाई पराजित गर्दै युरोपको बर्षको उत्कृष्ट म्यानेजरको उपाधि जितेका हुन् ।

    त्यस्तै बर्षको उत्कृष्ट गोलकिपरको उपाधि बायर्न म्युनिखका मान्युअल नेउरले जितेका छन् भने बर्षको उत्कृष्ट डिफेन्डरको उपाधि बायर्न म्युनिखकै जोशुआ किम्मीचले जितेका छन् ।

    त्यस्तै बर्षको उत्कृष्ट मिडफिल्डरको उपाधि म्यानचेस्टर सिटीका केभिन डी ब्रुनेले जितेका छन् भने बर्षको उत्कृष्ट फरवार्डको उपाधि बायर्न म्युनिखका रोबेर्ट लेवानडोस्कीले जितेका छन् ।

    शुक्रवार, आश्विन १६ २०७७१२:४९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology