आइतवार, कार्तिक ९ २०७७Oct 25 2020
  • आइतवार, कार्तिक ९ २०७७
images

धुलाम्मे-हिलाम्मे सडकको व्यथा, सिंहदरबारलाई के थाहा !

धुलाम्मे-हिलाम्मे सडकको व्यथा, सिंहदरबारलाई के थाहा !

images
  • बिहिवार, आश्विन ८ २०७७

  • 3.0K
    SHARES

  • धुलाम्मे-हिलाम्मे सडकको व्यथा, सिंहदरबारलाई के थाहा !

    लामो समयको बन्दपछि खुलेको शहर अहिले  पुरानै लयमा फर्कने प्रयासमा प्रयत्नरत छ । लामो समयको बन्दबाट आजित नागरिक आफ्नो दैनिकी गुजाराका लागि आ-आफ्नो पेसामा फर्किने प्रयासमा छन् । बन्दको मारबाट तड्पिरहेका मानिसहरु अहिले खुल्ला आकासमा समेत आनन्दले श्वास लिन सकिरहेका छैनन् । चाहे घाम लाग्दा होस् या पानी पर्दा होस् काठमाडौँको सडक उही धुलो र हिलोले भरिपूर्ण छ । पैदलयात्री, सवारी प्रयोगकर्ता, सडकमा निस्कने सबैलाई काठमाडौंको  धूवाँ र धूलोले  अहिले स्वागत गरिरहेको छ ।

    लामो समयको बन्दले थन्किएका गाडी त्यहीमाथि पुरानो भैसकेको अवस्था, अब के चाहियो यति भए पुगिहाल्यो । तर लामो समयको बन्दबाट स्वच्छ बनेको हावाले पनि अहिले आफ्नो बहने मार्ग भुलिसकेको छ भने उ पनि पहिलेकै अबस्थामा पुगिसकेको छ । काठमाडौंलाई वातावरणीय हिसाबले अत्यधिक जोखिममा रहेको सहर मानिन्छ भने विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा काठमाडौंको वायु प्रदूषणको मात्रा ५ गुणाभन्दा  बढी रहेको छ । हाम्रो काठमाडौं विश्वकै प्रदूषित सहरमध्येमा एक  पर्दछ । बिहान लगाएको कपडा बेलुका फर्कंदा हेर्न नहुने भैसकेको हुन्छ । धूलो र धूवाँको मुस्लोले सडकमा हिँड्न नै नसकिने अवस्था रहेको छ ।

    images
    images
    images

    महानगरले धुलो सफा गर्न ल्याएको ब्रुमर पनि देखाउनको लागि मात्र साबित भएको छ भने धूलो छेक्न बिहान लगाइएको मास्क साँझ कालो बन्ने अबस्थामा छ । यो प्रदूषणको समस्या घट्नुको साटो दिनानुदिन बढिरहेको छ । बिग्रे-भत्केका सडक, थोत्रा गाडी र कम गुणस्तरको तेलको समिश्रणले अहिले काठमाडौँ सहरलाई कुरूप बनाइरहेको छ । यस्तो हुनुको कारण भनेको पुरानो गाडी नै हो । इँटाभट्टा पनि प्रदूषणमा केहि जिम्मेवार रहेको छ । प्रदूषणले काठमाडौं गाँजिँदै गएको कुरा पटकपटक उठे पनि दिगो रूपमा यसको समाधान हुन सकेको छैन ।

    कुनै बेला काठमाडौंमा धूवाँ, धूलोको असर स्वास्थ्यमा नगण्य मात्रामा थियो भने अहिले ६२ प्रतिशत मानिस  नसर्ने रोगले मर्ने गरेको बताइन्छ  । त्यो नसर्ने रोगमा योगदान पुर्याउने काम वायु प्रदूषणले गरिरहेको छ  । तर यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने सिंहदरबारसँग कुनै ठोस योजना नै छैन । यो बिषयमा न त सिंहदरबार गम्भीर छ न त सचेत भै प्राथमिकताको क्षेत्रमा पारेको छ । केवल उ कानमा तेल हालेर बसेको छ । थोत्रा गाडीले फाल्ने धूवाँले जनस्वास्थ्यमा नकारात्मक असर पारेको आवाज उठेपछि सरकारले यसलाई नियन्त्रण गर्न छुट्टै सहरी प्रदूषणसम्बन्धी मापदण्ड बनाएर लागू गर्‍यो ।

    बि.स.२०६९ सालबाट सवारी साधनको प्रदूषण मापन गरी हरियो स्टिकर वितरण गर्न  थालिएको थियो तर यसले सबैभन्दा धेरै धूवाँको मुस्लो फाल्ने गाडीमा समेत हरियो स्टिकर टाँसिदिएर राम्रो आम्दानी गर्ने भाँडो बनाइदियो । काठमाडौँ उपत्यकामा मात्र साना ठुला सवारी साधन १५ लाख भन्दा बढी छन् । बिशेष गरि सार्वजनिक सवारी साधनको प्रदूषण जाँच गर्न ल्याइएको हरियो स्टिकर खासै प्रभावकारी हुन् सकेको छैन । पछिल्लो समय  प्रदूषणका कारण रुघाखोकी, पिनास, घाँटी र कानको संक्रमण, फोक्सोमा दम, निमोनियाँ जस्ता रोगका बिरामीहरु बढिरहेका छन्  ।

    प्रदूषणको मात्रा बढ्दै जाँदा छालाको रोग लाग्ने, घाँटी र फोक्सोको क्यान्सर हुने खतरा अधिक  हुन्छ । धूवाँबाट निस्कने कार्बनमोनोअक्साइड, नाइट्रिक अक्साइड र सल्फरले श्वासप्रश्वासका  बिरामी बर्सेनी बढदो क्रममा रहेका छन् भने  बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी यसबाट अति प्रभावित भैरहेका छन् । सरकारले अब पनि काठमाडौंमा बिजुलीबाट चल्ने बसलाई प्राथमिकता नदिने हो भने निकट भविष्यमा काठमाडौँमा प्रदूषणले बिकराल रुप लिने पक्का छ । अब बिजुली बस संचालनमा सिंहदरबारको ध्यान जानु आबस्यक देखिन्छ  ।

    बिहिवार, आश्विन ८ २०७७०८:३२:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology