शुक्रवार, कार्तिक १४ २०७७Oct 30 2020
  • शुक्रवार, कार्तिक १४ २०७७
images

भक्तपुर घटनाको पोष्टमार्टम रिपोर्ट : श्रीमती र छोरा हत्याको २४ घन्टापछि आत्महत्या !

भक्तपुर घटनाको पोष्टमार्टम रिपोर्ट : श्रीमती र छोरा हत्याको २४ घन्टापछि आत्महत्या !

images
  • बुधवार, भाद्र ३१ २०७७

  • 2.6K
    SHARES

  • भक्तपुर घटनाको पोष्टमार्टम रिपोर्ट : श्रीमती र छोरा हत्याको २४ घन्टापछि आत्महत्या !

    काठमाडौं । भक्तपुरको सामूहिक हत्या प्रकरणमा घरमुली सुदीप अधिकारीले पत्नी र छोराको हत्या गरेर आत्महत्या गरेको प्रहरीको आशंकालाई पोस्टमार्टम रिपोर्टले बल पुर्‍याएको छ ।

    भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६, कुन्डोलका ३६ वर्षीय सुदीप अधिकारी, उनकी पत्नी ३४ वर्षीय सम्झना र छोरा १५ वर्षीय सुशान्तको २६ भदौमा  घरभित्रै शव भेटिएको थियो । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले सुदीपले श्रीमती र छोराको हत्या गरेर विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने आशंका गरेको थियो ।

    images
    images
    images

    अनुसन्धानमा संलग्न अधिकृतका अनुसार पोस्टमार्टम रिपोर्टले आमाछोराको धारिलो हतियार प्रहारबाट मृत्यु भएको निष्कर्ष निकालेको छ ।

    काठमाडौं मेडिकल कलेज, दुवाकोटमा गरिएको पोष्टमार्टमले पनि त्यही देखाएको छ । सम्झनाको मृत्युको कारणमा ‘बल्ट फोर्स इन्जुरी अन हेड’ भनिएको छ । साथमा टाउकोमा तीन पटक छुरा प्रहार भएको रिपोर्टमा उल्लेख छ ।

    छोराको भने घाँटी रेटेको पाइएको छ । अनुसन्धान अधिकृतहरुका अनुसार छोरा १५ वर्षीय सुशान्तको भने हत्याअघि संघर्ष भएको हुनसक्ने देखिएको छ । प्रहरीले सुशान्तको शव घोप्टो परेको अवस्थामा भेटेको थियो ।

    बुधवार, भाद्र ३१ २०७७०४:३५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology