आइतवार, मंसिर १४ २०७७Nov 29 2020
  • आइतवार, मंसिर १४ २०७७
images

यस्ता योगासनले बढाउँछ अनुहारको चमक

यस्ता योगासनले बढाउँछ अनुहारको चमक

images
  • आइतवार, भाद्र ७ २०७७

  • 4.3K
    SHARES

  • यस्ता योगासनले बढाउँछ अनुहारको चमक

    अनुहार एवं छाला, केस, आँखा, ओठ, नङ एवं समग्र शारीरिक सौन्दर्य कायम गर्ने प्राकृतिक र दिगो विधि हो, योग । योगका यस्ता थुप्रै आसन छन्, जसले अनुहारको चमक बढाउन, छालालाई मुलायम बनाउन सहयोग गर्छ ।

    प्रतिदिन आधा घण्टा सूर्य नमस्कार, प्राणायाम, उत्थान आसन, कपालभाती, धनुरासन आदि गरेर प्राकृतिक सौन्दर्य कायम गर्न सकिन्छ । छाला र केसलाई स्वस्थ एवं चम्किलो बनाउन प्राणायामको महत्वपूर्ण भूमिका हुन्छ । प्राणायामले शरीरमा प्राण वायुको प्रवाह बढाउँछ । प्राणायाम सही तरिकाले सास लिने सर्वोत्तम विधि हो । प्रतिदिन १० मिनेट मात्र प्राणायाम गर्दा पनि अनुहार एवं छालालाई राम्रो प्रभाव पर्छ । कपालभाती प्राणायामले शरीरको कार्बनडाइअक्साइड हटाएर रगतलाई शुद्ध गर्न मद्दत गर्छ । त्यसबाहेक पनि यहाँ केही आसनबारे चर्चा गरिएको छ, जसले खासगरी अनुहारको सुन्दरता बढाउन मद्दत गर्छ ।

    भुजंगासन

    कम्मर र काँधलाई लचिलो बनाउन उपयोगी हुन्छ । यसले शरीरलाई राम्ररी विश्राम पनि मिल्छ । मनलाई शान्त तुल्याउँछ । छालालाई लचिलो र चम्किलो बनाउँछ ।

    मत्यासन

    यसले सासको गहिराइ बढाउँछ । हर्मोनको असन्तुलन सही राख्छ । मांशपेसीलाई आराम दिलाउँछ । छालालाई अरू लचिलो बनाउँछ ।

    हलासन

    हलासनले अनुहार र टाउकोमा रक्त प्रवाह बढाउँछ । नतिजा, अनुहारको छालामा चमक आउँछ ।

    सर्वांगासन

    सर्वांगासनले टाउकोमा रक्त प्रवाह बढाउँछ र छालामा चमक ल्याउँछ । साथसाथै अनुहारमा हुने दागधब्बा हटाउँछ ।

    त्रिकोणासन

    अनुहार र टाउकोमा रक्त प्रवाह बढाउँछ । अधिक मात्रामा अक्सिजनको प्रवाह गराउँछ । अनुहारको चमक बढाउँछ ।

    शिशुआसन

    शिशुआसनले पनि टाउकोको हिस्सामा रक्त प्रवाह बढाउँछ । तनाव र थकान हटाउँछ ।

    शीतली वा शीतकारी प्राणायाम

    यसले शरीरलाई शीतल बनाउँछ । अनुहारमा चमक ल्याउँछ ।

    जुनसुकै योग आसनले पनि प्रत्यक्ष रुपमै अनुहार एवं छालाको सौन्दर्य बढाउँछ । योगासन गर्दा मांसपेशी बलियो एवं लचिलो हुन्छ, रक्त प्रवाह राम्ररी हुन्छ, शरीरमा अक्सिजनको आपूर्ति बढ्छ । यसले शरीरको समग्र सौन्दर्यमा फाइदा पुग्छ।

    आइतवार, भाद्र ७ २०७७०५:२९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology