बुधवार, कार्तिक ५ २०७७Oct 21 2020
  • बुधवार, कार्तिक ५ २०७७
images

“सृष्टि ज्ञानको पर्व ऋषि पन्चमी” -रमेशकुमार महत

“सृष्टि ज्ञानको पर्व ऋषि पन्चमी” -रमेशकुमार महत

images
  • आइतवार, भाद्र ७ २०७७

  • 19.4K
    SHARES

  • “सृष्टि ज्ञानको पर्व ऋषि पन्चमी”  -रमेशकुमार महत

    “या देवी सर्वभूतेषु शक्तिरुपेण संस्थिता ! नमस्तस्यै नमस्तसै नमस्तस्यै नमो नम: !! अर्थात, “शक्तिका रुपमा सर्वव्यापी अनि जगतमा सम्पुर्ण कुरामा रहेकी नारीलाई नमन !” नेपाली नारिहरुको महान पर्व हरितालिका तीज अत्यन्त महत्वपूर्ण पर्व हो । तीजको दिन दर खाने , गणेश चतुर्थी हुदै आज तीजको अन्तिम दिन प्रकृतिक वस्तुहरुको प्रयोग गरि नजिकको नदी तलाउमा गइ स्नान गरि शुद्ध भई सप्त ऋषिहरुको पुजा अर्चना गरि हरितालिका तीजको समापन गरिन्छ ।प्रारम्भमा तीज पर्व हिन्दु महिलाहरुको महत्वको पर्वको रुपमा थियो । यो पर्व नारिहरुको महत्वको पर्व भएकोले यो पर्वलाई सवै धर्मावलम्बी महिलाहरुले साझा पर्वको रुपमा मनाइने परंपरा विकसित हुदै गइरहेको छ ।

    पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि दोषहरुबाट मुक्तिको लागि ऋषिपञ्चमी व्रत गर्ने गरिन्छ । तीज पर्वसँग जोडिएको यस व्रतमा विशेषगरी ऋषेश्वर महादेवको पूजा गर्ने चलन रहेको छ । यस दिन टिस्टुङ, टेकु, कोटेश्वर लगायतका ऋषेश्वर महादेव मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । ऋषिपञ्चमी व्रतमा महिलाहरूले नदी, ताल, तलाउ, पोखरीमा गई दतिवनले दाँत माँझेर, चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा सप्तऋषि(कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ) हरुको षोडशोपचार विधिले पूजा गरी ब्राह्मणलाई दान दक्षिणा आदि दिने प्रचलन छ । सप्तऋषिहरुको पूजा गरी गुरु पुरोहितहरुद्वारा तीजको कथा, चौथी दोषको कथा (भाद्र शुक्ल चतुर्थीको चन्द्रमा हेर्नु हुँदैन हेरेमा चोरेको आरोप लाग्न सक्छ भन्ने विश्वास ) र ऋषिपन्चमीको कथा श्रवण गर्ने चलन छ ।

    images
    images
    images

    त्यसै कारणले पनि यो अन्तिम दिन पन्चमीको पूजा गरी तीजलाई विदा गर्ने चलन रहिआएको छ । ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते पनि चढाउँछन् । ऋषिहरु कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा पतिव्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोषलगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने विश्वास रहेको छ । ऋषि पूजापछि नाचगान तथा भजनकीर्तन गरेमा व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता रही आएको छ । यो पर्वको महत्व त्यतिकै रहेको छ र यो पर्व ऐतिहासिक पनि छ ।नारि विना सृष्टि सम्भव छैन र तिनै नारिहरुको महत्वको पर्व हो ऋषि पंचमी । नारिहरुको यौन, प्रजनन र यसको सुरक्षा तथा अधिकार यस पर्वको महत्वको रुपमा रहेको छ ।

    नारिहरुको यिनै महत्वको जागरणको लागि यस पर्व रचिएको हुनु पर्दछ । तर आजभोली कुनै पनि पर्वको महत्व र यसको तत्वबोध विनानै मनाउने गरिएको पाइन्छ । यसको भाव र अर्थ वुझ्नू त्यतिकै जरुरि छ । नारिहरु सृष्टिकर्ता मात्र नभई संहार कर्ता र संरक्षकको भुमिकाका रहेको ऐतिहासिक तथ्य रहि आएको छ । दुर्गा (दुर्गा भवानी),पार्वती, लक्ष्मी, सिता, भृकुटी को ऐतिहासिक भुमिकाले नारि महत्वलाइ स्पष्ट गर्दछ । रजश्वला मानव सृष्टिको प्रारम्भिक चरण हो ।रजश्वलाको समयमा नारिहरुलाई सुद्द र आरामको लागि परहेज़ गर्ने गरिएको हो तर यसलाई हाम्रो समाजमा असुद्द र छुवाछुतको रुपमा लिईने गलत परंपरा रहिआएको छ ।

    महिनावारिलाई छुवाछुत र छाऊपडी जस्तो गलत परंपराको रुपमा लिईने गरिएको कारण कति महिलाहरुले जीवन गुमाउनु परेको अवस्था पनि बिध्यमान छ यसको अन्त्य हुनु जरुरि छ ।महिनावारि नारि दोष नभई सृष्टिको प्रारम्भिक चरण हो भन्ने सवैले वुझ्नु र वुझाउन जरुरि छ । त्यसैले रजश्वला र यस समयमा गरिनु पर्ने शुद्धता र सृष्टि अर्थात प्रजनन्को ज्ञानको पर्व हो ऋषि पंचमी । सम्पूर्ण दिदीबहिनीहरुमा ऋषिपन्चमीको शुभकामना !

    आइतवार, भाद्र ७ २०७७०२:३४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology