आइतवार, कार्तिक ९ २०७७Oct 25 2020
  • आइतवार, कार्तिक ९ २०७७
images

अबैध नागरिकता लिएका भारतीयलाई लखेट्न नसके पछी नेपाल नै रहदैन ( भिडियो हेर्नुहोस् )

अबैध नागरिकता लिएका भारतीयलाई लखेट्न नसके पछी नेपाल नै रहदैन ( भिडियो हेर्नुहोस् )

images
  • शनिवार, भाद्र ६ २०७७

  • 1.7K
    SHARES

  • अबैध नागरिकता लिएका भारतीयलाई लखेट्न नसके पछी नेपाल नै रहदैन ( भिडियो हेर्नुहोस् )

    ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले भारतले  सुगौली सन्धीमार्फत लिएको जमिन फिर्ता गर्नुको सट्टा उल्टै सीमा क्षेत्रमा पिल्लरहरु जथाभावी उखेलेर भारतले लगातार नेपालमाथि सीमा अतिक्रमण गरिरहेको बताएका छन् । सुगौली सन्धीमार्फत भारतले नेपालबाट लिएको भूमि फिर्ता गर्नुपर्ने माग उठाउदै आएका  नेपालले  यस बिषयमा जेनेभा र चीनमा समेत ग्रेटर नेपालको बिषयमा मुद्दा उठाएका छन् । नेपालको सीमाना टिष्टादेखि काँकडा हुनुपर्ने उनको माग छ ।
     

    अध्यक्ष नेपालले भने,नेपालको रक्षा तराईका मानिसले गरेका छन्।  सिके राउत बिरुद्ध नेपालको स-प्रमाण लिएर युएनपिओमा आफुहरु जाने बताए । उनले सिक्किमको  डरलाग्दो उदाहरण दिंदै अबैध नागरिकता लिएका भारतीयलाई लखेट्न नसके पछी नेपाल नै नरहने रहस्य  खोले  । 

    images
    images
    images

    भारतले सन् १९४७ देखियता मानवअधिकार, मानवता र स्वतन्त्रताको उल्लंघन गरिरहेको उनले बताए । उपनिवेश अन्त्य गर्ने राष्ट्रसंघको घोषणालाई पनि भारतले कुल्चिरहेको उनको आरोप थियो । नेपाल भारत शान्ति तथा मैत्री सन्धीको दफा १ र ८ ले सुगौली सन्धीलाई नै रद्द गरिदिएको छ तर भारतले आफ्नो उपनिवेशका रुपमा रहेको नेपालको ६० हजार वर्ग किलोमिटर भूमि फिर्ता गर्नुपर्नेमा अहिलेसम्म गरेको छैन ।

    भारतले नेपालको १३ सय वर्ग किलोमिटरभन्दा बढी भूमि अतिक्रमण अहिलेसम्म गरिसकेको छ । ठूलो संख्यामा भारतीय सैनिकले १९६२ देखि नेपालको कालापानीमा ४ सय वर्ग किलोमिटर जमिन कब्जा गरेर बसिरहेका छन् तर यो सरकार पनि केहि बोल्दैन उनले भने । 


    नेपालका वास्तविक राष्ट्रवादी नेता को होलान् रु झट्ट नेताका भाषण वा कुरा सुन्दा लाग्छ सबै राष्ट्रवादी हुन् । सुरूङ युद्धका योजनाकार पुष्पकमल दाहाल प्रचण्ड हुन् वा आफुलाई राष्ट्रको पहरेदार भन्न रूचाउने कमल थापा वा राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारा लगाउने शेरबहादुर देउवा यी सबै राष्ट्रवादी नेता हुन् त रु ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालका नजरमा नेपाली नेताको राष्ट्रवादी गुण केलाउने प्रयास गरिएको छ ।

    अभियन्ता नेपालले कुनै समय राष्ट्रवादी छवी बनाएका हालका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवादको कुरा गर्दा आफुमाथि हात हाल्ने हर्कतसम्म गरेको बताएका छन् । नेपाली नेता गणका यस्ता हर्कतले के कुराको इङ्गित गर्छ रु उत्तर खोज्ने जिम्मा देशभक्त, राष्ट्रवादी र स्वाभिमानी नेपालीहरूको नै हो । केपी ओलीलाई सुस्ताको कुरा उठाउन  भन्दा ज्ञानेन्द्रले उठाउछ भन्दै ओली पन्छिएको र यो देश ज्ञानेन्द्रको मात्र हो भन्दा ओलीले पिट्न आएको उनको भनाई छ ।

    अभियन्ता नेपालसँग गरेको कुराकानी थप भिडियोमा हेर्नुहोस्!

    शनिवार, भाद्र ६ २०७७०३:५३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology