आइतवार, मंसिर १४ २०७७Nov 29 2020
  • आइतवार, मंसिर १४ २०७७
images

सिपिएल २०२० : ट्रिनबागो नाइट राइडर्सको लगातार पाँचौं जित

सिपिएल २०२० : ट्रिनबागो नाइट राइडर्सको लगातार पाँचौं जित

images
  • शुक्रवार, भाद्र १२ २०७७

  • 2.8K
    SHARES

  • सिपिएल २०२० : ट्रिनबागो नाइट राइडर्सको लगातार पाँचौं जित

    त्रिनिडाड । क्यारेबियन प्रिमियल लिग (सिपिएल) २०२० अन्तर्गत ट्रिनबागो नाइट राइडर्सले लगातार पाँचौं जित हासिल गरेको छ । विजय हात पार्ने क्रममा ट्रिनबागोले गुयाना नाइट राइडर्समाथि ७ विकेटको प्रभावशाली जित हात पार्‍यो ।

    गुयानाले दिएको १ सय १२ रनको लक्ष्य ट्रिनबागोले १८.३ ओभरमा भेट्टाएको थियो । ट्रिनबागोको जितमा टिम सेफर्ट र डरेन ब्राबोले अविजित ३९ र २६ रनको पारी खेले । यस्तै, टियोन वेबस्टरले २७, लेन्डल सिमोन्सले १९ रन जोडे ।

    यसअघि, क्वुइन्स पार्क ओभरलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको गुयानाले निर्धारित २० ओभरमा १ सय १२ रन मात्र बनाउन सक्यो । किमो पलले २८, रोस टेलर शिम्रोन हिटमेयरले समान २६/२६ रन जोड्दा अन्य व्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । गुयानालाई कम योगफलमा समेट्ने क्रममा खारी पियरेले ३ लिए ।

    पाँचौं खेल सकिँदासम्म ट्रिनबागो अपराजित रहेको छ । सिपिएलमा अपराजित रहने ट्रिनबागो एकमात्र टोलीसमेत बनेको छ । जितसँगै ट्रिनबागो १० अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । यस्तै, सेन्ट लुसिया जुक्स, बार्बाडोस ट्राइडेन्ट, गुयाना अमाजोन वारियर्स क्रमश दोस्रो, तेस्रो, चौंथो स्थानमा रहेका छन् ।

    गएराति भएको पहिलो खेलमा सेन्ट लुसिया जुक्स विजयी भएको थियो । सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्सले दिएको १ सय ११ रनको लक्ष्य १४.४ ओभरमा पुरा गर्दै ६ विकेटले विजयी भएको थियो ।

     

    शुक्रवार, भाद्र १२ २०७७११:३१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology