लाखौं परदेशीको व्यथा, भन्छन्- निन्द्रा नै लाग्दैन ( पुरा पढ्नुहोस् )

  • प्रकाशित मिति : शनिबार, भदौ १४, २०७६
  • न्युज विहानी

युएईमा रहेर आफ्नो कलाकारिता र संगीतकर्ममा समर्पित व्याक्तित्व आशिष पुरुषको नयाँ गीत ूनिन्द्रानै लाग्दैनू सार्वजनिक भएको छ ।करिब १ दशकदेखि युएईमा रहे पनि चितवनका आशिषले आफ्नो कलाकारिता र सांगीतिक अनुभवलाई निरन्तर प्रगतिको शिखरतर्फ उकास्दै लगेको दरिलो प्रमाणका रुपमा यो गीतलाई लिन सकिन्छ ।

स्थापित नायिका नम्रता सापकोटासँग स्कृन सेयर मात्रै होइन, यो गीतको शब्द रचना पनि आशिष स्वयमले गरेका हुन । गायक अनिल सिङ्गको स्वर तथा संगीत रहेको यो गीतले काम र दामको खोजीमा आफ्नो परिवारबाट टाढा भएका ४० लाख नेपालीहरुको यथार्थतालाई एउटा गीतभित्र समेटिएको छ ।



भिडियोको मेकिङ पक्ष दमदार छ, आशिष् र नम्रताको अभिनय पनि उत्तिकै जीवन्त छ । युएईको नेपाली कलाकारिताको क्षेत्रमा लगभग टप ¥याङ्किङ आउने आशिष अन्तराष्ट्रिय नेपाली कलाकार समाज ९इनास०का एसिया संयोजक समेत हुन ।

नेपालमै रहँदादेखि नेपाली कलाकारिता क्षेत्रमा गोरेटो बनाएका आशिष युएईको नेपाली सामाजिक र सांगीतिक क्षेत्रमा सुपरिचित कलाकार र उद्घोषक पनि हुन् । उनको रचना र अभिनय रहेको निन्द्रानै लाग्दैन बोलको यो गीत अगस्ट ३० तारिख आशिष पुरुष युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।