जहाँ परपुरुषसँग यौन सम्पर्क गर्नु सामान्य मानिन्छ‘

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २२, २०७४
  • न्युज बिहानी

एजेन्सी । महिलाले पुरुषमाथि जवरजस्ती शारीरिक सम्पर्क गर्ने गरेको कुरा तपाई पत्याउनु हुन्छ रु अक्सर पुरुषहरु नै यस्तो कर्ममा अग्रसर हुने गरेको भएता पनि सवैतिर भने यहि घटना नहुने गरेको तथ्य सार्वजनिक भएको छ ।

तुआरग जनजातिका महिलाहरुले भने पुरुषहरुसँग जवरजस्ती सम्बन्ध बनाउने गरेका छन् । यिनीहरु अफ्रिकीदेश नाइजरमा बसोबास गर्छन् । परपुरुषसँग यौन सम्पर्क स्थापित गर्नु उनीहरुको लागि सामन्य हो । यि जनजातिका महिलाहरुलाई विवाहपछि आफ्ना पतिका साथै अर्को पुरुषसँग जवरजस्ती सम्बन्ध बनाउन छुट छ ।



त्यहाँ पुरुषले घुम्टो ओड्छन् जवकी महिलाहरु खुलमखुला हिँड्छन् । पुरुषहरुले घर परिवारको सदस्यमाझ समेत आफ्नो घुम्टो खोल्न पाउँदैनन् । साथै घर वाहिरको काममा पनि महिलाहरु नै अगाडि हुन्छन् ।

त्यसो त विवाह अघि नै यस जनजातिका महिलाले इच्छाएको पुरुषसँग सम्वन्ध बनाउन कतैवाट छेकबार छैन । अर्को कुरा, यि महिलाहरुले आफ्नो मुड अनुसार पतिसँग सम्वन्ध विच्छेद गर्न सक्छन् ।

विवाहपछि लोग्नेले आफ्नो घर छाडेर स्वास्नीको घरमा आउनुपर्छ । लोग्नेलाई वाहिरी काम गर्नका लागि स्वास्नीको अनुमति चाहिन्छ ।