पैसाको सट्टामा स्तन

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २२, २०७४
  • न्युज बिहानी

एजेन्सी— अपराध पनि अचम्म, अचम्मका । भारतको केरलमा एउटा यस्तो घटना घटेको छ जुन कुरा सुन्दा पनि आङ सिरिंग हुन्छ ।
स्थानीय इडुकीमा केहि दिन पहिला ४१ वर्षीया एक महिलाको ३० वर्षीय युवक गिरिशले विभत्स हत्या गरे ।

टाइम्स न्यूज नेटवर्कका अनुसार अडिमली निवासी अब्दुल सियादकी श्रीमती सलिनाको गिरीशले महिलाको बायाँ स्तन काटिदिए । त्यसलाई प्लाष्टिक ब्यागमा हाले र आफ्नो घर लगे ।
प्रहरीका अनुसार सलिना क्षेत्रकी सभासद् हुन् । गिरिशगको सलिनासँग भेट उनीविरुद्ध लागेको एक उत्पीडनको केसमा भएको थियो । सलिनाले त्यतिबेला गिरिशसँग एक लाख आठ हजार भारु लिएकी थिइन्, जुन उनले फिर्ता गरेकी थिइनन् । गिरिशले महिलाका लागि किस्तामा एक कार खरिद गरेका थिए तर सलिनाले उक्त कारको किस्ता पनि समयमा चुक्ता गरिरहेकी थिइनन् ।



गिरिशलाई पैसाको आवश्यकता थियो । उनी पैसा लिन सलिनाको घरमा गए । त्यहाँ सलिनाले पैसा दिन अस्विकार गरेपछि घटना घटेको थियो ।