खाली पेटमा बिर्सेर पनि नखानुहोस् यी खानेकुरा, गम्भीर समस्या निम्तिन सक्छ

  • प्रकाशित मिति : शुक्रबार, पुस ७, २०७४
  • न्युज विहानी

खाली पेट हुँदा पेटमा एसिडको मात्रा बढ्ने गर्दछ । यस्तो अवस्थामा एसिड बढाउने खानेकुरा खाँदा पाचनक्रिया सम्बन्धी समस्या हुन्छ जस्तै ग्याँस वा कब्जियतको सम्भावना बढ्ने गर्दछ । यस्तै १० खानेकुरा छन् जुन खाली पेट खाँदा स्वास्थ्यमा नकारात्मक असर पुग्ने गर्दछ ।

केरा
केरामा म्याग्नेसियमको मात्रा अत्यधिक हुन्छ । यसलाई खाली पेट खाँदा शरिरमा क्याल्सियम र म्याग्नेसियमको स्तर बिग्रने गर्दछ ।



के हुन्छ ?
छातीमा जलन, पाचनक्रिया कमजोर हुने सम्भावना हुन्छ ।

सुन्तला
सुन्तलामा अर्गेनिक एसिड हुन्छ । खाली पेट शरिरमा यसै पनि एसिड धेरै हुन्छ । यदि यस्तो अवस्थामा सुन्तला खानुहुन्छ भने एसिडको मात्रा बढ्नेछ ।
के हुन्छ ?
पेट र छाती पोल्ने । पत्थरीको समस्या हुनसक्छ ।

शख्खरखण्ड
यसमा ट्यानिन र प्याक्टिन हुन्छ जुन खाली पेटमा पच्दैन ।

के हुन्छ ?
पाचनक्रिया खराब हुनसक्छ । छातीमा जलन हुने आशंका रहन्छ ।

दूध
यसमा पाइने स्याचुरेटेड फ्याट र प्रोटिनको पेटको मांसपेशीलाई कमजोर गर्नेछ ।

के हुन्छ ?
पाचनक्रियामा प्रभाव पर्नेछ । खोकीको आशंका बढ्नेछ ।

गोलभेडा
खाली पेट गोलभेंडा खाँदा यसमा हुने एसिड पेटमा नघुल्ने जेल पैदा गर्दछ ।

के हुन्छ ?
पत्थरीको समस्या हुनसक्छ ।

ग्रीन टी
ग्रीन टीमा पाइने क्याफिनले शरिरमा एसिडको स्तरलाई बढाउँछ ।

के हुन्छ ?
एसिडिटी हुन्छ । पाचनक्रियामा असर पर्छ ।

चीनी
खाली पेटमा चीनी वा गुलियो खानेकुरा खाँदा रगतमा चीनिको मात्रा बढ्ने गर्दछ ।

के हुन्छ ?
एक सीमासम्म यसले ऊर्जा दिन्छ । धेरै हुँदा थकान हुनसक्छ । एजेन्सी