यी सात खानेकुरा आजैबाट खान सुरु गर्नुहोस् !

  • प्रकाशित मिति : शनिबार, भदौ १४, २०७६
  • न्युज विहानी

के तपाई मोटोपनबाट छुटकारा पाउन चाहनुहुन्छ ? आफै पेटको बोसो घटाउन चाहनुहुन्छ ? आजैबाट यी सात खानेकुरा खान सुरु गर्नुहोस् । तपाईं बजारमा पाइने कुनै पनि औषधी वा तौल घटाउने उत्पादनको प्रयोग गरेर पेटको बोसो घटाउँछु भन्ने सोच बनाउनु भएको छ भने बजारमा पाइने धेरैजसो उत्पादनमा केमिकलको प्रयोग गरिएको हुन्छ जसले तपाईंको शरिरलाई फाइदाभन्दा बढि बेफाइदा पुर्याएको हुन्छ । यी कुराको सेवनले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ । यदि तपाईं आफ्नो बढिरहेको बोसोलाई घटाउन चाहनुहुन्छ भने यी प्राकृतिक तरिका अपनाउनुहोस् ।

१. स्याउ



तपाईं स्याउ खाएर आफ्नो बढिरहेको बोसोलाई घटाउन सक्नुहुन्छ । स्याउमा पोटासियम हुने भएकाले धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन जसले गर्दा तौल कम गर्न मद्दत पुग्ने गर्दछ ।

२. ओमेगा थ्री

ओमेगा थ्री तत्व तोफु, पालुङ्गो, चिज, ओखर, अंडालगायतमा पाइन्छन् । यसले तपाईंको शरिरमा जमेको अतिरिक्त बोसोलाई हटाउन सहयोग गर्ने गर्दछ ।

३. लसुन

लसुनले प्राकृतिक एन्टी बायोटिक र सुगरलाई नियन्त्रित गर्ने काम गर्दछ । लसुनले शरिरमा ती हर्मोनलाई सक्रिय गर्न काम गर्ने गर्दछ जसले बोसोलाई जम्मा हुन समेत दिँदैन । आफ्नो खानामा लसुनलाई दैनिक समावेश गरेर खानुहोस् ।

४. ग्रीन टी

ग्रिन टी पछिल्लो समय निकै लोकप्रिय भइसकेको छ । ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक तत्व पाइन्छ जसले शरिरमा अतिरिक्त बोसोलाई कम गर्न अत्यन्त सहयोग गर्दछ ।

५. पुदीना

मनतातो पानीमा एक कप पुदीनाका केही पात हाल्नुहोस् । यदि तपाईंसंग मह छ भने पनि मिसाउन सक्नुहुन्छ । पेटको बोसो कम गर्न पुदीना निकै प्रभावकारी मानिन्छ ।

६. केरा

यदि तपाईं केरा खानुहुन्न भने आज देखि नै केरा खान सुरु गर्नुहोस् । केरामा भरपुर मात्रामा पोटासियम पाइन्छ । यसले फास्ट फूडको लतलाई कम गर्दछ जसले तौल कम गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

७. दालचीनी

तौल घटाउनका लागि धेरै दिन छैन भने तपाई दालचीनी खानुहोस्,फाइदाजनक हुनेछ । बिहानको नास्ताभन्दा पहिले र सुत्नुभन्दा पहिले यसको प्रयोग गर्नुहोस् । एक कप पानीमा एक चम्चा दालचीनी पाउडर मिसाउनुहोस् । यो पेयलाई दैनिक दुई पटक पिउँदा केही दिनमा नै राम्रो हुनेछ ।