के तपाई बिना कारण पटक–पटक मोबाइल चेक गर्नुहुन्छ ? सावधान !!!

  • प्रकाशित मिति : शुक्रबार, पुस ७, २०७४
  • न्युज विहानी

के तपाई बिनाकारण मोबाइल चलाउनु हुन्छ ? कतिपय मानिस त बिना मोवाइल एकछिन पनि बस्न सक्दैनन । बिना कारण पनि मोवाइल हातमा लिइराख्ने र पटक–पटक मोबाइल चेक गरिराख्ने धेरैको बानी समेत हुन्छ । अहिलेका युवा पुस्ता मोवाइल बिना बाच्नै नसक्ने भएका छन् । सबैको मोवाइल बिना दिनचर्या नचल्ने भईसकेको छ ।

तर कुनै कारण बिना नै मोवाइल चेक गरिराख्नुहुन्छ भने यसले तपाईलाई धेरै हानी-नोक्सानी गरिराखेको हुन्छ । पटक–पटक मोबाइल चेक गरिराख्नुहुन्छ भने,तपाई डिप्रेशनको शिकार हुन सक्नुहुन्छ । अमेरिकी साइकोलोजिकल असोसिएसनको एक सर्वेक्षणले यो पत्ता लगाएको छ, तपाईं विश्वास गर्नुहोस् । यसका कारण फोन कम चलाउनुहोस ।



  • मोबाइलको अत्यधिक प्रयोगले आँखा र दिमागमा समेत नकारात्मक प्रभाव पर्ने गर्दछ ।
  • आँखा कमजोर हुन्छ भने निर्णय लिने क्षमतामा समेत प्रभावित हुन्छ ।
  • महत्वपूर्ण काम सिद्धाएपछि मोबाइल फोन प्रयोग गर्ने कोसिस नगर्नुहोस् ।
  • सानो तिनो हिसाब, फोन नम्बर सम्झनका लागि फोनको सट्टा दिमागको प्रयोग गर्नुहोस् ।
  • घर पुगेपछि स्मार्टफोनको इन्टरनेट बन्द गर्नुहोस् । मोबाइलसँगको यो लगावले निकै तनाव पैदा गर्छ ।
  • यसबाट बच्नका लागि आफूलाई प्रविधिबाट टाढा राख्ने बानी बसाल्नुहोस् ।
  • खानाको टेबलमा फोनको प्रयोग नगर्नुहोस । राती सुत्न जानुभन्दा पहिले फोन स्विच अफ गर्ने बानी गर्नुहोस ।
  • सुत्नेबेला मोबाइल फोनको प्रयोग नगर्नुहोस् नभए निन्द्रा नपुगेर तनाव हुनसक्छ ।
  • आफूलाई केही समयका लागि स्मार्टफोनबाट टाढा राख्नुहोस् ।
  • अर्लाम सेट गर्नुहोस् र आफूलाई फोनबाट टाढा राख्नुहोस्
  • केही दिनका लागि फेसबुक, ह्वाट्सएप लगायतका एप्स डिसेबल गर्नुहोस्, जसको नोटिफिकेसनका कारण तपाईं डिस्टर्ब हुनुहुन्छ । एजेन्सी ।