मादकपदार्थ सेवनपछि अँग्रेजी फरर बोल्ने बारे यस्तो भन्छ अध्ययन !

  • प्रकाशित मिति : शुक्रबार, अशोज ३, २०७६
  • न्युज बिहानी

हामीले सुन्ने गरेको र थाहा पनि पाएका छौ कि मानिसहरु मादकपदार्थ सेवनपछि अंग्रेजी बोल्न थाल्दछन । अघिपछि अंग्रेजी नजान्ने मान्छे पनि मादकपदार्थ सेवनपछि भने फरर अंग्रेजी बोल्नुको कारण पत्ता लागेको छ । तर उनीहरु कसरी मादकपदार्थ सेवनपछि कहिल्यै अंग्रेजी नबोलेका मानिसले पनि फरर यो भाषा बोल्न थाल्छन् भन्ने कुराको रहस्य खुलेको छ ।

एक अध्ययनमा संलग्न गराइएका मानिसमध्ये मादकपदार्थ सेवनपछि विदेशी भाषा बोल्ने गरेको तथ्य पाइएको थियो । मादकपदार्थ सेवनपछि दुइटा भाषा सजिलै बोल्ने गरेको समेत पाइएको छ । तर यस सम्बन्धमा थप अनुसन्धान हुनुपर्ने पनि भाषाविज्ञले बताएका छन् ।अरू बेला फिटिक्कै अंग्रेजी नबोल्नेले एक्कासी अंग्रेजी बोल्न थालेपछि त्यहाको माहौल नै फरक हुने गरेको  छ ।



केहि समय पहिले बेलायतमा गरिएको एक अध्ययनले यसको कारण पत्ता लगाएको हो । मादकपदार्थ सेवनपछि मानिसको आत्म विश्वास एकदम बढ्ने र तनाव घट्ने कारणले यस्तो हुने गरेको उक्त अध्यययले देखाएको छ । उत्त अध्ययनका अनुसार आत्मविश्वास बढ्ने र तनाव घट्ने हुनाले  जो कोहि पनि मानिस अरुसँग नडराउने गरेको तथ्य पत्ता लागेको छ भने मानिसले अरूसँग त्यसपछि विदेशी भाषामा गफ गर्न सुरु गर्ने गरेको तथ्य फेला परेको हो ।