स्मार्टफोन प्रयोग गर्दा मानिस अन्धा हुने खतरा

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २२, २०७४
  • न्युज बिहानी

लण्डन – चस्मा निर्माणमा संलग्न विज्ञहरू (अप्टिसियन्स)ले स्मार्टफोनको अत्यधिक प्रयोगले मानिस अन्धो समेत हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्मार्टफोन प्रयोग  गर्ने दुई हजार मानिसमा गरेको अध्ययनपछि यो चेतावनी सार्वजनिक गरेका हुन् ।



अध्ययनअनुसार २५ वर्षभन्दा कम उमेरका युवा मोबाइल फोनको प्रयोग दिनमा ३२ पटकभन्दा बढी गर्दछन् । स्मार्टफोनका साथै कम्प्युटर, ट्याब्लेट र फ्ल्याट स्क्रिन भएका टिभीको अत्यधिक प्रयोगले पनि आँखामा दीर्घकालीन असर पर्ने अध्ययनमा देखिएको छ ।

स्मार्टफोनको स्क्रिनबाट निस्कने नीलो प्रकाश आँखाका लागि हानिकारक छ, अप्टिसियन एन्ड्र हेपवर्थले भन्छन्, यो आँखाको पछिल्लो भागका लागि खतरनाक हुन्छ ।

उनका अनुसार यो नीलो प्रकाशकमा म्याकुलर डिजेनेरेसनको खतरा हुन्छ, जसले मानिस अन्धोसमेत हुन सक्छ । निरन्तर नीलो प्रकाशमा हेर्नाले निद्रा र दिमागमा असर गर्छ । स्मार्टफोन चलाउँदा हामी आँखा कमै झिम्क्याउँछौं । फोनसँग आँखाको दुरी पनि कम हुन्छ, जसले गर्दा आँखामा बढी असर पर्दछ ।

आँखाको समस्या र स्मार्टफोनसँग त्यसको सम्बन्धबारे हामी अनभिज्ञ छौ, हेपवर्थ भन्छन, तर प्रयोगशालामा गरिएको परीक्षणबाट स्मार्टफोनले आँखालाई असर गर्ने कुराको ठोस प्रमाण प्राप्त भएको छ ।